२३ जेष्ठ २०८० मँगलवार ।

कालिका चितवन/ ऊच्च पहाडी भूभाग देखि तराईको भूक्षेत्र रहेकाे चितवनकाे कालिका नगरपालिका माैरी व्यवसायका लागि एक उत्कृष्ट क्षेत्र हाे । यहाँ रहेका पहाडी भेगमा चिउरीका रुख बिरुवाहरु प्रशस्तै पाईन्छन् । चिउरीकाे फूल माैरीका लागि असाध्यै प्रीय आहारा हो ।चिउरी फूलेकाे सिजनमा बनेकाे मह उत्कृष्ट र अैाषधिय गुण भएकाे मह मानिन्छ ।

पहाडी क्षेत्र भैकन पनि प्रकृतिले दिएकाे याे अवसरलाई व्यवसायमा बदल्ने याेजनामा छ – कालिका नगरपालिका । कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले भने “हामी हाम्राे विकटतालाई अवसरमा बदल्दै पहाडी भूभागमा चिउरी खेतीकाे माध्यमबाट माैरी पालन व्यवसाय सन्चालन गरि आय वृद्धि गर्ने याेजनामा छाैँ ” हामी चिउरी र माैरीलाई जाेडेर माैरी पालन व्यवसाय सन्चालन गरि यस क्षेत्रका कम आय भएका किसानहरुलाई स्वराेजगार बनाउदै नगद आम्दानीको सम्भावना खाेजिरहेका छाैँ ।

माथि गाउँमा फलेका उत्पादनलाई शिद्दि र गैरीवारी हुँदै तल झार्न र तलका पर्यटकलाई चितराम झरना देखि मजवाङ र सिराईचुलीसम्म उकाल्न सिद्धि गैरीबारी सडकलाई पक्की बनाउदैछाैँ भने भाेलीका दिनमा याे बाटाेलाई नगरपालिका कै लाईफलाईन सडककाे रुपमा विकास गरिने भन्दै मेयर रेग्मीले सडक पिच अनुगमनकाे अवसरमा भने ” पालिकाका आम नागरिककाे हित र विकासका लागि श्राेत र साधनकाे पूरा प्रयाेग गरिने छ ।

आगामी दिनमा किसानहरुलाई माैरी पालन व्यवसायमा आकर्षित गराउन चिउरीको बिरुवा वितरण देखि चिउरीको बिउ सावन निर्माण गर्ने कम्पनीका लागि बिक्री गरेर थप आमदानी गराउन पहल गरिने समेत मेयर रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0