जेष्ठ ११ चितवन ।
रवि लामिछानेले फेरि सर्वोच्चमा आफू विरुद्ध परेकाे प्रति सन्जाल मार्फत आक्राेशीत भएका छन् ।मुद्दा हाल्ने उद्योग सन्चालन भैरहेकाे भन्दै उनले विभिन्न समयमा सम्बन्धि निकायलाई आफ्ना प्रमाणहरु बुझाईरहेकाे भनेका छन् ।

घण्टी बज्ने बस्तु मात्रै नभएर आवश्यक पर्दाका बखत यसले बजाउन समेत सक्ने भन्दै आउने समय प्रति खबरदारी गरेका छन्। उनकाे आक्राेशीत खबर सन्जालमा यस्तो रहेकाे छ ।

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0