२०७९ चैत्र २०

वाराकाे २ नम्बर सगै तनहु १ र चितवनकाे २ नम्बर क्षेत्रमा उम्मेदवारकाे मनाेनयन दर्ता सम्पन्न भएसँगै ती क्षेत्रहरुमा चुनावी सरगर्मी ह्वात्तै बढेकाे छ । बाराकाे निर्वाचन हुने क्षेत्र नम्बर २मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने तनहुकाे क्षेत्र नम्बर १मा ९ जनाकाे उम्मेदवारी परेकाे निर्वाचन आयाेगले जनाएको छ।

No description available.

चितवनको २ नम्बर मा भने २४ जनाको उम्मेदवारी परेकाे निर्वाचन आयाेगका सह-प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए । उम्मेदवारी दर्तासँगै पत्रकारको जिज्ञासामा नेपाली काङ्ग्रेसका उम्मेदवार रहेका जितनारायण श्रेष्ठले भने ” म साझा उम्मेदवार भएकाेले म चुनाव जित्छु ।

नेकपा एमाले तर्फबाट सुर्य चिन्हमा चुनाव लडेका नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले विजय सुवेदीकाे प्रस्तावक र कृष्णभक्त पाेख्रेलकाे समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् । दर्ता पछि पत्रकारहरुकाे जिज्ञासामा मिसन ग्रासरुट अभियानका लागि केन्द्रीय सँयाेजन गर्न चितवन आएका एमाले नेता गाेकुल बास्काेटाले यसपालिकाे चितवनको उपनिर्वाचन  नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्याैपानेले चुनाव जित्ने ठाेकुवा गरे ।उनले भने” म करिव १ महिना देखि चितवन छु र याे अवधिमा धेरै पार्टी कार्यकर्ता र मतदाताकाे मन मुटु छामेकाे छु।”उनले अझै अगाडि भने हिजाे के भयाे कसरी भयाे सबैका सामु छर्लङ्ग छ ।

हामी आन्तरिक टुटफुटमा रमाउँदा पार्टी पङ्ति र मतदातामा निराशा उत्पन्न हुँदा हातहरु बहकीय,लरबराए । अब सबै,पार्टी पङ्ती र मतदाताले पाठ शिकिसकेका छन् । यसपटक पुरानाे बिरासत थामिनेगरि कार्यक्रम अगाडि बढ्छ र सुर्य चिन्ह र रामप्रसाद न्याैपाने दुवैले जित्ने छ गाेकुल बास्काेटाले भने। यसै गरि  नागरिकताकाे कारणले पुन: निर्वाचन हुन लागकाे क्षेत्रमा रवि लामिछानेले यसपटक अझ उत्साहका साथ आफुले चुनाव जित्ने दावि गरेकाछन्।

३ वटै निर्वाचन क्षेत्रमा कूल ३३ जना पार्टीका प्रतिनिधि र ३६जना स्वतन्त्र उम्मेदवारले चुनावी प्रतिस्पर्धाका लागि यसपटक मनाेनयन दर्ता गराएका छन् ।निर्वाचन आगामी बैशाख १० गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0