२०७९ चैत्र २०
काठमाडौ /१०७९ जेठ १४ गते मध्यरातमा अर्थमन्त्रालय पुगेर मन्त्री र विचाैलियाकाे ईसारामा करका दर भाउ तलमाथि पारि बजेटलाई समेत प्रभाव पार्न हैसियत राखेकाे आराेप लागेका पूर्वनासु रघुनाथ घिमिरेलाई अख्तियारले मुुद्दा चलाएकाे छ ।
२०५२ सालकाे कार्तिक महिनामा ज्यालादारीमा जुनियर अफिस असिस्टेन्टबाट जागिरमा छिरेका उनी सधै कमाउ सस्थामा कसरी निरन्तर टिकिरहनसके याे भने चासाेकाे बिषय रहेकाेछ। २०५३ सालमा खरिदारमा स्थाई भएका घिमिरे गाविस सचिव हुँदै अर्थमन्त्रालय मातहतको विभिन्न कार्यालय मा जागिरे भए ।
आन्तरिक राजश्व विभाग देखि विमानस्थल भन्सार हुदै कन्चनपुर भन्सार ,राजश्व अनुसन्धान कार्यालय समेतका कर्मचारी भएका घिमिरेलाई सार्वजनिक सेवामा रहदा भ्रष्टाचार गरेकाे अख्तियारकाे आराेप छ ।अर्घाखाँचीकाे ढिकुरा १ मा जन्मिएका घिमिरे कुन पर्पन्च मिलाएर अर्थमन्त्रीकाे बजेटमा दख्खल पुर्याउन सक्ने हैसियतमा पुगे , महत्त्व यसैमा अडेकाे देखिन्छ ।श्राेत नखेलेका ४०-५० कराेड काे हाराहारीमा दाेषी हुनआउने अख्तियारकाे आँकलन रहेकाे श्राेतकाे दाविरहेकाे छ ।
जिन्दगीभरमा २२-२५ लाख कमाई हुने जागिरमा रहेर ५०साैँ कराेड श्राेत नखुल्ने आम्दानी रहेकाे भनी मुद्दा दर्ता भएको छ। अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्री रहदाका बखत बजेट तयार पर्नेक्रममै मध्यरातमा अर्थमन्त्रालय छिरेर बजेट माथि नै प्रभाव पार्ने हैसियत रहेकाले पनि उनकाे कमाईमा घुमाउरो दख्खलता हुनसक्ने आँकलन हुनु असाेभाविक हाेइन।
सरकार द्वारा गठित समितिले समेत मन्त्रालयमा काेहि गैरव्यक्ति नछिरेकाे र सिसिटिभि समेत विग्रिएकाे भनी सफाई पाएका मन्त्रीको सँगत भएका भनिएका रघुनाथ घिमिरेकाे मुद्दा कस्ताे रुप र सार प्राप्त गर्नेछ त्याे भने भाेली थपचासाेकाे विषय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0