२०७९चैत्र २१

चितवन/उम्मेदवारी मनाेनयनसँगै चितवनकाे राजनीतिक सरगर्मी तात्न थालेकाे छ। चुनाव घाेषणा हुनुअगावै नेकपा एमालेले भने आफ्ना कार्यकर्ता माझ पुग्न र सँगठन भित्ररहेका कमीकमजोरी हटाउँदै पार्टीलाई मजबुत बनाउन भन्दै मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ ।

उपनिर्वाचन समेत हुने क्षेत्र चितवनमा पार्टी र जनसँगठनलाई पुनर्ताजगी गर्न केन्द्रीय जिम्मा पाएका एमालेका केन्द्रीय नेता तथा पुर्वमन्त्री गाेकुल वास्काेटा चितवनमा कृयाशील छन् । उपनिर्वाचनका लागि मनाेनयन दर्ता भएकाे भाेलिपल्ट चुनावी रणनीति तयार गर्न आयाेजित आन्तरिक भेलामा उनले भने” यदि तपाईंहरुले दाेहाेराे नागरिकता लिएर यस्तै काम गरेकाे भए तपाईंहरु यतिखेर कहाँ हुनुहुन्थ्यो ?” नीति नियम कानुनकाे खिलापमा कार्य गर्नेलाई मुद्धा नै चलाउन नपर्न कस्ताे नजिर खडा गर्ने काेशिश हुदैछ – उनले भने।

देशलाई अप्ठ्यारो पर्दा देशमा द्वन्दले जनता आजित हुँदा अनेक कष्ट सहेर देश भित्र आन्दोलनकाे भुमरी हामीले श्रृजना गरिदिनु पर्ने , जनताका अनेक दु:खमा हामी सामेल हुनुपर्ने , परिवर्तनका लागि राज्यसँग हामीले लड्नुपर्ने ,देश र जनतालाई साथ र सहयोग गर्नुपर्ने बेलामा बिदेश भासिएर धन कमाएर मस्ति गर्ने।अनि अनुकुल बाताबरण बनाईदिएपछि हुँदा नहूदा गफ्फा लगाएर ठुला कुरा गरिहिड्ने आगन्तुक उम्मेदवारसँग वाैद्धिक जाईलाग्न किन नसकेको भनी आफ्ना कार्यकर्ता तथा नेतालाई प्रतिप्रश्न गरे।  देशको कानुनले भन्छ दाेहाेराे नागरिकता लिन र साेकाे प्रयाेग गर्न पाएदैन भनिसकेकोपछि लिएमा कानुनी कार्वाही खेप्नु किन नपर्ने भन्दै गाेकुल वास्काेटाले भने।

पार्टीले जिल्ला अध्यक्ष, जिराेबाट उठेर चितवनको भूमिमा युवाहरूको साथ र सहयोग लिदै दिदै राजनीतिमा हाेमिएकाे एउटा टुहुराे युवालाई उठाएकाे छ । अब रामप्रसाद न्याैपाने उम्मेदवार नभै सिङ्गो नेकपा एमाले र सुर्य चुनावी मैदानमा लडेकाेले सबै पार्टीका नेता कार्यकर्ताले आफैँ उम्मेदवार भएकाे ठान्दै चुनावी माहाेलमा हाेमिनआव्हान समेत गरे ।

कार्यकर्तालाई निर्देशन दिदै बास्काेटाले भने ” हरेक नेता तथा कार्यकर्ताकाे मूल्यांकन समेत हुनेहुनाले आफ्नो जिम्मेवारीलाई पुरागर्दै नेकपा एमाले र सुर्य लाई जिताएर एमालेकाे पुरानो विरासतलाई कायम राख्न समेत अपिल गरे।

एमालेले चितवनका जिल्ला अध्यक्ष लाई उम्मेदवार बनाएकाे छ भने काङ्ग्रेसले।भुपु जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ लाई उम्मेदवार बनाएको छ । गए चुनावमा जितेका जस्वपा का अध्यक्ष रवि लामिछानेकाे दाेहाेराे नागरिकता प्रकरणमा दाेषी भै उनकाे साम्सद पद नै खारेजी गरेकाे थियाे । अहिले उनी पनि चुनावी प्रतिस्पर्धामा रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0