Open photo

आशिष आचार्य , काठमाडौं

पहुँच कै भरमा झाेले किसानले अनुदानको रकम समेत झाेलामै हाल्ने प्रवृत्तिकाे भ्रष्टाचारलाई राेक्न एक द्वार प्रणाली द्वारा अनुदानलाई वडा – वडा मै पठाउनुपर्ने चितवन क्षेत्र नम्बर १ वाट विजयी प्रतिनिधि सभा सदस्य हरि ढकालले बताएका छन्

बुधबार प्रतिनिधिमा बाेल्दै उनले वास्तविक किसानले अनुदान नपाउने , समयमा मल बीउबिजन नपाउने अनि पहुँच कै भरमा नक्कली किसानले अनुदान अनुदान प्राप्त गर्ने व्यतिथीलाई राेक्न पनि अनुदान वडा- वडाबाटै वितरण गर्नुपर्ने उनको धारणा थियाे ।

वडामा पठउँदा कमसेकम वल्ला- पल्लाले के गरिरहेका छन् थाहा हुन्छ भन्दै नीति बनाएरै अनुदान रकम तथा मल बीऊ खरिद गर्ने अधिकार वडालाई नै दिनुपर्नेमा जाेड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0