कृष्ण खनाल , चितवन

४-५ जनाकाे घर चलाउन नसक्दा खेप्नुपरेको सकस र त्यसले पारेकाे शारीरिक र मानसिक पीडा कस्ताे हुन्छ हरेक भाेग्नेलाई महशुस भएकै कुरा हाे ।

घर चलाउनकै लागि विदेशीएका युवाहरुकाे आफ्नै कथा भित्रकाे व्यथा छ । ठुलै आमदानी गर्दासमेत ४-६ जनाकाे परिवारमा असमानजस्यता खडा भै छुट्टाभिन्न हुने देखि पारिवारिक मनमुटाव र मित्रता समेत भङ्ग भएकाे कथाहरु समाजमा बग्रेल्ती छदैछन् । तर १सय ५० हाराहारी चेपाङ बालबालिका काे आश्रय स्थल उनीहरूकाे भाग्य र भविष्य काे केन्द्र ” गामवेशीकाे चेपाङ सँरक्षण केन्द्र भने १२ बर्ष देखि निरन्तर चलिरहेछ जसरी स्थापना कालदेखि चलेकाे छ ।

त्यतिका बालबालिकाहरुकाे आवसीय बसाइँ देखि खानपिन , लत्ताकपडा पढाइ खर्च चलिरहेछ जसरी हिजो चलेका थिए । स्थापना कालदेखि न एक जना बालक भाेकाे छ न हर नाङ्गिन परेकाे छ ।

[सँरक्षण केन्द्र का बालबालिकाहरु , चेपाङ बाकाे साथमा।, फाेटाे साभार ]

सधै मीठो मसिनो नपाक्ला तर पनि पाकेकै छ र रैपन्जी भाग लागेकै छ । यस्साे ठ्यास्स ठुस्स बाहेक सबै परिवारमा बेखुसीपना देखिदैन । न महिनाै पालिने अनाज नै छ न हजारौं बैक व्यालेन्स ।

“चेपाङ बा ” के पी किरण हिजाे पनि आफ्ना लालाबाला पालिरहनुभएकाे थियाे भाेली पनि पाल्नुछ भन्ने चेतमा हुनुहुन्छ ।

आजसम्म मनकारीकाे मन र दानले पालिएका आफ्ना १सय ५० लालाबालालाई आफ्नाे शेषा पछि के हुन्छ कहिले काहिँ झस्माउँछ भन्नुहुन्छ । न कुनै स्थायी श्राेत छ न कुनै आउने बाटाे । सधै सहयाेगकाे याचना गर्नु मेराे नियति छ भन्नुपर्ने सबैलाई थाहै छ भन्नुहुन्छ चेपाङ बालबालिका का बा ।

कसैकाे जन्मदिन , कसैकाे सम्झना र पुण्य तिथि अनि मनकारीकाे मन र बचन र याेगदानले यी बालबालिका काे भाग्यलाई आजकाे दिनसम्म सकुशल ल्याईपुर्याएकाेमा खुशी छु , आउने दिनहरु कसरी सहज बनाउने यसैमा चिन्तित छु भन्हुन्छ चेपाङ बा केपी किरण ।

रत्ननगर स्थित सामुदायिक भवनकाे छेउमा रहेकाे गामबेशीकाे चेपाङ सँरक्षण केन्द्रमा आश्रति बालबालिकालाई थप सहयाेगकाे खाँचाे रहेकाे जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0