हरि अधिकारी ( शरन ) लुम्बिनी प्रदेश /बाँके, बाँके र बर्दियामा धार्मिकरुपमा प्रसिद्ध खजुराको लक्ष्मीनारायण मन्दिर परिषरमा ठुलो आकारको लक्ष्मीको मुर्ति स्थापना गरिने भएको छ /

आज मन्दिर परिषरमा भएको भेलाले मुर्ति स्थापनाका लागि महायज्ञ संचालन गर्ने निर्णय गरिएको छ । मन्दिर परिषरमा गरिने हरेक संकल्प पूरा हुने जनविश्वास कमाएको लक्ष्मीनाराण मन्दिरलाई त्यस क्षेत्रकै धार्मिक पर्यटनको केन्द्र बनाउने गरि महायज्ञ गर्ने तयारी अगाडी बढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

मन्दिर परिषरमा गरिएको संकल्पबाट खजुरामा पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल निर्माण भएको, खजुरामा महत्वकांक्षी खानेपानी योजना सफल भएको, खजुरा संरक्षण समितिको जन्म भएको बताउँदै अध्यक्ष श्रेष्ठले मन्दिरमा संकल्प गरेर आँटिएका उद्योग कलकारखाना र व्यवसाय पनि सधैं सफल हुने विश्वास व्यक्त गरेकाछन् ।

महायज्ञ लागि आयोजित भेलालाई सम्बोधन गर्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले लक्ष्मी नारायण मन्दिरलाई केन्द्रमा राखेर खजुराका अन्य धार्मिकस्थलहरुको प्याकेज बनाउन सकिने बताए ।
खजुरा क्षेत्रमा रहेका अन्य मठ मन्दिरहरुलाई धामकारुपमा विकास गरेर धार्मिक पर्यटकलाई खजुरा भित्राउन गाँउपालिकाले योजना बनाउने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0