बागमती प्रदेश, चितवन / प्रेस चाैतारी नेपाल काे स्थापनाकाे २५अैाँ वर्षको अवसरमा आयाेजित सभामा चितवनका पुराना पत्रकार बिष्णु छिमेकी सम्मानित हुनुभएकाे छ ।

देशव्यापी रुपमा प्रेस चाैतारीले आफ्नाे स्थापना दिवस मनाईरहदा प्रेस चाैतारी नेपाल चितवनले भने आफ्ना पत्रकार साथीहरू काे स्वस्थ्य परिक्षण सहितको सभा सम्पन्न गरेकाे हाे ।

 

चाैतारी चितवनले स्थापना गरेकाे डाक्टर शारदा- तिलचन्द्र भट्टराई प्रकारिता पुरस्कार द्वारा चाैतारी चितवनका सँस्थापक सदस्य समेत रहनुभएका पत्रकार बिष्णु छिमेकी सम्मानित हुनुभएको हाे । सम्मान सहितको स्थापना सभालाई सभामा शुभकामना राख्दै नेपाल सरकारका स्वस्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पत्रकार र पत्रकारीताले अझै निर्भिक भएर जनताकाे पक्षमा सत्यतथ्य समाचार द्वारा जनतालाई सुसूचित गराउनुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रमा पत्रकार महासँघ चितवन का सभापति नारायण प्रसाद अधिकारी सहित जिल्लामा स्थापित पत्रकारका सँस्था प्रमुख तथा प्रतिनिधि तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरुकाे समेत मन्तव्य सहित उपस्थिति रहेकाे थियाे ।

आयाेजनाकाे अवसरमा ५२ जना पत्रकारहरुकाे स्वस्थ्य तथा ल्याव परिक्षण गरिएको र प्राविधिक सहयाेग चितवन मेडिकल कलेजले गरेकाे कार्यक्रमका समेत अध्यक्षता गर्नुभएका प्रेस चाैतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0