२३ माघ २०७९, काठमाडौं ।

राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” यस नाराकासाथ वि.सं. २०७९ माघ २४, मंगलबारका दिन नेपालमा र विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ ।

यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्न एकजूट हुन आह्वान गर्दछ ।

बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्नेे भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँदछ ।

अनिल रघुवंशी भन्नुहुन्छ, “यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्दछ ।

”बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षा सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कूल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरुका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरुको प्राथमिकतामा पर्नु पर्दछ भनि रघुवंशी बताउनुहुन्छ ।

बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दूूव्र्यवहार र शोषण, साइबरबुलिङ्ख, साइबर ग्रूमिङ्ख, फिसिङ र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पार्दछ।

आमाबुबाको मार्गदर्शन र शिक्षाले बालबालिकालाई प्रविधिलाई जिम्मेवारीपूर्वक, सम्मानपूर्वक र रचनात्मक रूपमा प्रयोगर्न सघाउँदछ ।

त्यसैले अभिभावक, सरकार, विद्यालय, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरसरकारी संघसंस्था र सबै जिम्मेवार निकायहरुले बालबालिकालाई अनलाइन पनि सुुरक्षित राख्न समयमैै उपयुुक्त कदम चाल्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0