दिक्षा खनाल,बागमती प्रदेश, चितवन। रत्ननगर चितवन स्थित गाँमवेशीकाे चेपाङ केन्द्रमा रहेका चेपाङ बालबालिकाका लागि जिन्सी सामानकाे अभाव भएकाे छ ।

चितवन, गाेरखा,धादिङ , मकवानपुर लगाएतका दुरदरारका बालबालिकालाई आवासीय रुपमा केन्द्रमा राखि अध्ययन अध्यापन गराउदै कैयौं स्वास्थ्यकर्मी तथा प्राविधिकहरु उत्पादन गराईसकेकाे साे केन्द्रमा हाल खानकै लागि सामल सकिदैगएकाे केन्द्रका धुरीखाबाेकाे रुपमा रहनुभएका अध्यक्ष तथा सँरक्षक केपी किरण शर्माले रित्तिदैगरेकाे गाेदामकाेठा देखाउँदै बताउनुभयो ।” केन्द्रलाई नगद भन्दापनि जिन्सी सामाग्री चाहिएको छ ” केपी किरणले भन्नुभयो । त्यत्रा भुकम्प , काेराेनामा सहयाेग गर्नुभयाे अबपनि पनकारीहरुकाे आशामा छाैँ – शर्माले भन्नुभयो ।

१ सय ७० जना चेपाङ बालबालिका रहेका साे केन्द्रले बिगत १२ बर्ष देखि मनकारीहरुकाे सेवा र सहयाेगबाटै चलिरहेको छ । सँस्थाकाे कुनै पनि नियमित आयश्राेत नभएकोले भविष्यमा केन्द्रलाई कसरी निरन्तरता दिने भन्नेमा चिन्तित छु – अध्यक्ष केपी किरण शर्माले भन्नुभयाे ।

रत्ननगर काे कृष्ण मन्दिरबाट उत्तर तर्फ सामुदायिक वनकाे छेउमा आवास निर्माण गरि चेपाङ बालबालिका काे भाग्य र भविष्य निर्माण गरिरहेको साे केन्द्र मा रहेका चेपाङ बालबालिकाका लागि सहयाेग गरि मानवीय सेवाका साथ आफ्नो जिवनमा सहयोग गरिदिनुहुन केन्द्रमा आश्रित बालबालिकाहरुकाे अपिल रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0