२०८० माघ १८, बिहीबार

चितवन । क्याराभान नेपालकाे आयाेजनामा आजबाट शुरुहुने दक्षिण एशियाली चलचित्र महाेत्सवकाे सँपूर्ण तैयारी पूरा भएकाे आयाेजकले जनाएको छ।

महाेत्सव प्रदर्शनी मैदान परिसरमा बुधबार आयाेजित पत्रकार सम्मेलन मार्फत साे जानकारी गराईएकाे हाे । क्याराभानका अध्यक्ष तथा वरिष्ठ चलचित्र निर्देशक विमल पाैडेलले भन्नुभयो ” महाेत्सवका लागि आवस्यक सबैजसाे तैयारी पूरा भैसकेको छ । स्टलहरु भटाभट वुकिङ भैरहेका छन् । प्रतिस्पर्धाका लागि ३० वटा भन्दा बढी चलचित्रहरु दर्ता भैसकेका छन् भने राष्ट्रिय स्तरका कलाकार आईपुग्दै हुनुहुन्छ ।”

पाँच दिनसम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा सुक्ष्मरुपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानर्कषण गराइने पौडेलको भनाइ छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीहरुको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नविनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सवका रुपमा कथानक चलचित्र, वृतचित्र, लघुचलचित्र बीच प्रतिस्पर्धा गराइने छ ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रियका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहन सो महोत्सवको अन्य सहयोगी संस्थाको रुपम चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमानहनगरपालिका छन् ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्कस्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिरया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वीचितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0