२०८० माघ १७,बुधबार चितवन। नारायणगढ स्थित बालकुमारी कलेजकाे आयाेजनामा सम्पन्न ‘ कुलिनरी आर्ट ‘ प्रतियोगितामा चितवनकाे इडन गार्डेन माध्यमिक विद्यालय ( मिलेनियम माेडेन कलेज) प्रथम भएकाे छ ।
व्यवस्थापन विषयमा अध्यापन हुने चितवन – नवलपुरका कुल २५ बटा शैक्षिक सँस्था सहभागी रहेकाे साे प्रतियोगितामा इटन गार्डेन प्रथम हुन सफल भएकाे हाे ।
२५ शैक्षिक सँस्था विच माघ १५ गते पहिलो चरणकाे प्रतियोगिता सम्पन्न भएकाे थियाे भने दाेश्राे चरणमा प्रवेश गरेका पाँच सँस्थाबाट आज बुधबार इडन गार्डेन प्रथम भएकाे हाे ।
उक्त कुलिनरी आर्ट प्रतियोगितामा कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस दोस्रो तथा आयोजक बालकुमारी कलेजका विद्यार्थीहरु तेस्रो भएका आयोजक बालकुमारी क्याम्पसका सहायक प्राध्यापक रोविन शर्माले जानकारी दिनुभयो ।
शर्माकाअनुसार प्रतियोगितामा पहिलो हुने इडन गार्डेन माविले रु १० हजार, दोस्रो हुने मध्यविन्दु बहुमुखी क्याम्पसले रु सात हजार पाँच सय तथा तेस्रो हुने बालकुमारी कलेजले रु ६ हजार नगद पुरस्कारसँगै ट्रफी र मेडल पाउनेछ । विजेता शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिने शर्माले बताउनुभयो ।
बालकुमारी कलेजले माघ १९ गते शुक्रबारको दिन आयोजना गरेको बृहत् खाना महोत्सवको अवसरमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने शर्माको भनाइ छ । कलेज परिसरमा नै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म कलेजले खाना महोत्सवको आयोजना गरेको भन्दै सहभगिताका लागि उहाँले सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
नारायणगढमा रहेको बालकुमारी कलेजले पहिलो पटक ‘बालकुमारी कलेज कुलिनरी आर्ट प्रतियोगिता–२०२४’ सञ्चालन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1