प्रहरीले गत मंगलबार राहदानी विभागलाई पत्र लेखेर राईको राहदानी रद्द गरिदिन आग्रह गरेको हो । विभागमा पुगेको पत्रमा उनी मलेसियाबाट अन्यत्र भागेर जाने सम्भावना भएकाले उनलाई सुपुर्दगी सन्धीमार्फत नेपाल झिकाउनका लागि उनको राहदानी रद्द गर्न पत्राचार गर्नुपरेको उल्लेख छ ।

अदालतले राहदानी रद्द गर्न अनुमति नदिएकै अवस्थामा प्रहरीले भने राहदानी विभागमा पत्राचार गरी राहदानी रद्द गरिदिन आग्रह गरेको हो ।

जीवी राईको हकमा प्रहरीले राहदानी रोक्का नभई रद्द नै गर्न खोजेको हो । राहदानी हराएमा, अदालतको आदेशबाट वा सम्बन्धित व्यक्ति नेपाली नागरिक नभएमा विभागले राहदानी रद्द गर्नसक्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0