२०८० माघ ९, मँगलबार
चितवन। सहकारी डुबाउन बैकहरु लागि परेकाे छ भन्नुहुन्छ शिव शिखर बहुउद्देश्यीय सहकारी पिडित सँघर्ष समितिका केन्द्रीय सँयाेजक लाेकेन्द्र लम्साल ।
करिव पाैने २ अर्व रुपैयाँ बचत गरेका चितवने बचतकर्ता सहित देशभर करिव १५ अर्ब रकम बचत लिने सहकारी शिव शिखर लगाएत थेरै सहकारी ढुवाउने र लाखौं बचतकर्ताकाे आस्थाकाे थलाे सहकारीलाई नै बद्नाम गर्दै ढुवाउन राज्यका निकाएकाे साथमा बैंकहरु लागि रहेकाे समेत बताउँछन् पिडितहरुका अगुवा लम्साल ।
‘ सहकारीकाे नाममा रहेकाे जग्गामा बनेकाे भवन कसरी भवन एउटा बैकमा र जग्गाचाईँ अर्काे बैकमा धिताेजमानी रह्यो , के याे बदनियतपूर्ण बदमासी हाेईन- भन्छन् शिव शिखर पिडितका अगुवा लम्साल ।
लम्साल भन्दछन् ‘ सहकारी ढुवाउन र बदनाम गर्न राज्य नै लागेकाे छ ।’ सरकारका सबै निकायलाई थाहा रहेछ सहकारीले बचतकर्ता रुवाउँदैछ, सरकारले ईजाजत तथा लाइसेन्स दिएकाे दर्ता नम्बर देखाएपछि जनताले पत्याउनु स्वभाविक नै भयाे । सरकारले लाइसेन्स दिएपछि हाम्राे अभिभावक सरकार हाे ।
सरकारले नै जुनसुकै विधिबाट भएपनि नागरिकले थुकतेलाे गरेर जम्मा गरेको रकम उठाइदिने व्यवस्था मिलाउनुपर्छ ।’
देशभरि ३५ भन्दावढि शाखाबाट करिव १५ अर्व रुपैयाँ लिएर फरार रहेका शिव शिखर बहुउद्देश्यीय सहकारी सहित देशभर १५ भन्दा बढी सहकारी पूर्ण सँकटमा रहेका छन् भने क्रमशः जाेखिममा पर्ने सहकारीकाे लर्काे लाग्दैछ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी सञ्चालनसँग सम्बन्धित केही जिम्मेवार व्यक्तिहरु पक्राउ परेका छन् भने राज्यले निर्माण गरेकाे ‘सहकारी व्यवस्थापन समिति’ मार्फत सँकटग्रस्त सहकारीका बचतकर्ताहरुसँग अनलाइन मार्फत आफ्नाे विवरणहरु माग गरेकाे छ ।
सहकारीहरुले बदनामी कमाउँदै असफलताकाे बाटाे तय गर्दैजानू बैँकहरुका लागि शुखद पक्ष हुनसक्ला तर आमजनताको लागि दुखपूर्ण खबर भने पक्कै हाे किनभने पञ्चायती व्यवस्था ढलेपछि फस्टाएका केही विधा मध्यकाे एक सहकारी नै हाे । तर अब सहकारीले आफ्नाे शाख जाेगाइराख्न सावधानीका साथ सहकारीकाे मुल्यमा पाईला टिकाईराख्नु जरुरी देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1