२०८० माघ, मँगलबार

आशिष आचार्य ,काठमाडौं । कर्मचारीले समयमै आफ्नाे काम नगर्ने गरेकाे प्रति प्रधानमन्त्री पुष्णकमल दाहाल , प्रचण्डले आफु चिन्तित भएकाे जनाएका छन् ।

साेमबार आफ्नै कार्यकक्ष सिँहदरबारमै प्रधानमन्त्रीले कर्मचारीकै माझ दुखेसो पाेखेका हुन् । राष्ट्रिय परिचयपत्र , राहदानी आदि विषयकाे छलफलका क्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहित परराष्ट्रमन्त्री साउद र भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला कै उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव डा.बैकुण्ठ अर्याल सहित सम्बन्धि मन्त्रालयका सचिवहरुलाई भने ‘ तपाईंहरुले समयमा काम नगर्ने अनि गालीचाईँ मैले खानुपर्ने ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0