२०८० माघ ६, शनिबार

चितवन। चितवनका विभिन्न स्थानमा मेला महाेत्सवकाे पर्व चलिरहेको छ । पूर्वी चितवन रत्ननगरमा ‘रत्ननगर उद्योग वाणिज्य सँघ’ ले १२ अैाँ सँस्करण टिकाैलीकाे खेलमैदानमा पैष २६ गतेबाट सञ्चालन गरिरहेकाे छ भने खैरहनीमा पनि ‘ खिचरा महाेत्सव मूलआयाेजक समिति’ ले पाैषकै २८ गतेबाट नै महाेत्सव चलाइरहेकाे छ ।

टिकाैलीमा सञ्चालित महाेत्सवले कृषि अन्तर्गत मकैबाली, मत्स्य तथा पशुपालनका तथा केरा खेती र यसका परिकारका विषय महत्त्वका साथ प्रदर्सित छ । मकै खेती द्वारा उत्पादन, भण्डारण, परिकार र बजारीकरणका साथै माछापालन, च्याउखेती, केरा उत्पादन र व्यापार जस्ता विषय प्रदर्शनीमा छन् ।  खिचरा महाेत्सवले थारु परिकार र थारु सँस्कृति झल्कने सँग्रलय र भेषभुसाका साथै कला अञ्तर्गत ‘खिचरा आइडल’ छान्दैछ ।  खेलका अनेक साधन , व्यापारी र व्यापारका अनेक रुप र किनबेच भने सदाबहार महाेत्सवका सामाग्री हुने नै भए । मेला महाेत्सवले धेरै पक्षलाई सकरात्मक प्रभाव पार्नु स्वभाविकै पनि हाे । किन्नेले राेजीछानि किन्न र बेच्नका लागि सामाग्री राखिने नाैलाे कुरै भएन ।

एउटै क्षेत्रका ग्राहक लक्षित तथा एकै प्रकारका प्रदर्शक र उनी र उस्तै अनुहारका सहभागी हुने यस्ता मेला महाेत्सवकाे सञ्चालन गर्दा एउटै समयमा जुधाउने वा जुध्नेगरि गरि बनाईएकाे याेजनाले कस्काे र कस्ताे प्रभाव पर्नसक्छ याे विषय भने सराेकारवालाकाे चिन्तनकाे घेराभित्र परेन । फरक फरक समयमा मेला महाेत्सव सञ्चालन काे व्यवस्थापन गरियाेभने प्रदर्शकहरुले पनि समय, लगानीकाे उचित व्यवस्थापन तथा दुवै स्थानमा सहभागी हुने अवसर पाउनुकाे साथै दर्शकहरुले पनि सहभागीतामा सहजता महसुस गर्नेछन् भन्ने चेतपूर्ण विवेक प्रयाेग किन हुन सकेन, याे भने महत्त्वपूर्ण विषय हाे । ‘

एउटै ग्रहकलाई दृष्टिगत गरि चल्ने मेला महाेत्सव आयाेजना गर्दा एकै समयमा सञ्चालन गर्नुभन्दा फरकफरक समयमा गर्नुपर्ने हाे किन त्यसाे गरेनन् भन्छन् खैरहनी नगरपालिका वडा नम्बर ५ का सचिव सँजय सापकोटा । खैरहनीमा चलेकाे खिचरा महाेत्सव हाे । याे थारु विषेश पर्व र सँस्कृतिसँग अलिवढि लचिलाे हुने गर्दछ । माघ १ गते थारु समुदायकाे नयाँ वर्ष भएकाले माघ १ गतेलाई दृष्टिगत गरि थारु समुदायले महाेत्सव आयाेजना गर्ने र साे दिन फिक्स नै हुने हुनाले अन्य स्थानमा आयाेजना गर्नेले त्याे समय भन्दा अघि वा पछि आयाेजना गर्दा राम्राे हुने भन्ने विषय प्रति सचेत नभएकाे हाे कि जस्ताे लाग्छ भन्छन् वडा सचिव  सापकोटा।खिचरा महाेत्सव विशेषत: थारु सँस्कृति प्रधान उत्सव हाे ।

माघ १ गते भनेकाे थारुकाे नयाँ वर्ष हाे । यसैले माघी अर्थात माघ १ हाम्रालागि महत्त्वपूर्ण पर्व भएकाले याे दिनसँग अन्य उत्सव नजाेड्दा राम्राे हुन्थ्याे भन्छन् खिचरा महाेत्सव- २०८०का सँयाेजक रामेश्वर चाैधरी ।

एउटै समयमा एउटै स्तर र भेगका मानिसहरुलाई लक्षित गरि चलाईने मेला महाेत्सव सञ्चालन गर्दा अलगअलग समयकाे व्यवस्थापन गर्दा प्रदर्शक र दर्शक दुवैलाई सहज हुने हुँदा आगामी दिनमा यस्ता मेला महाेत्सवकाे आयाेजना गर्दा समयकाे व्यवस्थापन सचेतहुन माेनाशिव देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0