२०८० पुस २३, साेमबार

चितवन । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ। २०८०  मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन्। उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ। चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0