Open photo

२०८० पुस २३, साेमबार

चितवन । उद्योग बाणिज्य सँघ चितवनको नेतृत्वका लागि भैरहेको निर्वाचनको मतदान कार्य अन्तिमअन्तिम चरणमा हुँदैछ ।

कूल २ हजार ८ सय ५४ मतदाता रहेकाे सँघकाे चुनावका लागि यतिखेर सम्ममा २३ सय भन्दाबढिले मतदान गरिसकेका छन् । अध्यक्षका उम्मेदवार सुमनकुमार श्रेष्ठ छन् उनलाई सँस्थापन पक्ष भनिएकाे छ भने अर्का प्रतिस्पर्धी शिरीष पन्त रहेका छन् ।

अधिवेशनले पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिती चयन गर्नेछ । कतिपय पद भने सर्वसम्मत भइसकेको छ । वस्तुतगततर्फ ४ जना, कर्पोरेटतर्फ दुई जना, क्षेत्रीयतर्फ १ जना गरी ७ जना कार्यसमितिका सदस्य निर्वाचित भएका छन् ।अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, बाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लािग मतदान ।भैरहेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0