Open photo

२०८०पुस २२ आइतबार

भरतपुर ,चितवन। नेपाल पशुपँक्षी अैाषधि व्यवसायी सँघकाे १४ अैाँ राष्ट्रिय महाधिवेशन तथा ३३ अैाँ साधारणसभा चितवनमा सम्पन्न हुने भएकाे छ । महाधिवेशनकाे बारेमा जानकारी दिन आज आयाेजित पत्रकार सम्मेलनमा सँघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाले साेकाे बारेमा जानकारी गराएका हुन् ।

देशभरबाट ७ प्रदेश तथा २२ शाखाबाट सहभागीता रहने साे महाधिवेशनमा ४ सय ८१ जना प्रतिनिधि रहनेछन् भने उद्घाटन सत्रमा सम्बन्धित सराेकारवालाकाे एक हजारकाे हाराहारीमा उपस्थिति रहने आयाेजकले जनाएको छ । नेपालमा हाल करिव २० वटा स्वदेशी उत्पादक कम्पनी र करीब १ सय चालीसकाे हाराहारीमा पैठारीकर्ताहरुले पशुपँक्षीकाे अैायधि तथा भ्याक्सिन र सप्लिमेन्टकाे काराेकार हुने गरेकाे छ । भेटनरी जन्य उत्पादन तथा बिक्री काराेबारबाट मात्रै करिव १३ अर्व रुपैयाँको काराेबार हुने तथ्यले देखाएको छ । करिव १ सय ५० अर्बकाे लगानी रहेकाे यस काराेवारले देशकाे कूल ग्राहस्थमा करिव ४ प्रतिशतकाे याेगदान रहेकाे छ ।

पुस २४ गते देखि २५ गतेसम्म भरतपुरमा सम्पन्न हुने साे अधिवेशनकाे प्रमुख अतिथिका रुपमा भरतपुर महानगर प्रमुख रेणु दाहाल रहनुहुने छ भने सरकारी निकाय तथा उत्पादक कम्पनी र व्यवसायीहरुकाे उपस्थिति रहने सँघका सचिव दिनेश कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0