Khanal Nirajan

Open photo

२०८० पुस १९ बिहीबार

चितवन ।  पुस २६ गतेबाट शुरुहुने रत्ननगर महाेत्सवका लागि टिकाैली स्थित प्रदर्शनी स्थल सजावटकाे चटाराे अन्तिम चरणमा पुगेकाे रत्ननगर उद्योग बाणिज्य सँघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताउनुभएकाे छ ।

” हामी यतिखेर प्रदर्शनी क्षेत्र सजावट गर्ने चटाराेकाे अन्तिम तयारीमा छाैँ । प्रदर्शनीमा व्यापारीक बस्तुमात्र रहनेछैन , स्थानीय कला र  माैलिक  सँस्कृति झल्कने समाजिक झल्काे समेत दिने काेशिसमा छाैँ ” वरिष्ठ उपाध्यक्ष खनालले भन्नुभयो ।

खनालका अनुसार प्रदर्शनी कक्ष भित्र विभिन्न जातजातिका कला सँस्कृति तथा सामाजिक जिवनकाे समेत प्रस्तुति हुनेछ । स्थानीय चेपाङ ,थारु,दरै ,गुरुङ मगर जस्ता जातिय पहिचान झल्कने सामाग्री प्रदर्शनीमा राखिनेछन् भने स्थानीय उत्पादनलाई बजारीकरणमा सहयाेग पुर्याउने उद्देश्यले केरा ,मकै जस्ता स्थानीय उत्पादनका विभिन्न परिकारका स्टल समेत बुक भैसकेका छन् ।

४५० काे हाराहारीमा रहने रत्ननगर महाेत्सवका स्टलहरु मध्य धेरै जसाे बुकिङकाे प्रकृयामा रहेका छन् भने निरन्तर सम्पर्कमा रहेका धेरै प्रदर्शकहर आउनेक्रममा रहेकाे खनालले जानकारी दिनुभयाे । ” महिला तथा विभिन्न समुदायबाट प्रदर्शनीमा सहभागीता ,रहाेस् भनेरै केही प्रदर्शनी कक्षहरुलाई सहुलियतमा उपलब्ध गराउने निर्णय गरिनुका साथै दर्शकहरु पनि विद्यार्थी , एकल महिला तथा जेष्ठ नागरिकलाई विशेष छुटकाे व्यवस्था गरे खनालले जानकारी लिनुभयाे ।

रत्ननगर महाेत्सवकाे मुख्य उद्देश्य भनेकै उपभोक्तालाई आवश्यक सामाग्रीहरु एकैस्थान मै सुपथ मुल्यमा प्राप्त गर्न सहज हुनु , उत्पादक कम्पनीहरुका लागि आफ्ना उत्पादनहरुलाई बजारीकरणका लागि ग्राहक सामु प्रदर्शन गर्ने अवसर प्राप्त हुनुका साथै स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकार द्वारा आफ्ना कलाकाे प्रदर्शनकाे राम्रो अवसर प्राप्त हुने अपेक्षा रहेकाे सँघका वरिष्ठ उपाध्यक्ष खनालले बताउनु भयाे ।

” रत्ननगर महाेत्सवका माध्यमबाट उत्पादक , उत्पादन ,उपभोक्तालाई एकै स्थानमा सहभागी गराउदै व्यवसाय प्रवर्द्धन र सामाजिक विकास टेवा पुर्याउने सँघकाे लक्ष रहेकाे छ ।   महाेत्सवमा ३ लाख दर्शनले अवलोकन गर्ने तथा करिव २५ कराेड बराबरको व्यवसायीक काराेवार हुने सँघकाे अपेक्षा रहेकाे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0