Open photo

२०८० पुस १८,बिहीबार

चितवन । पाैष २१ गते देखि शुरुहुने उद्योग वाणिज्य सँघ चितवनकाे ५७ अैाँ वार्षिक साधारणसभा तथा अधिवेशनमा हुने निर्वाचनबाट निर्वाचित हुने याेजनाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएका सुमन कुमार श्रेष्ठको समुहले आफ्ना भावि कार्ययोजना प्रस्तुत गरेकाे छ ।

उद्यमी व्यवसायीमा देखिएकाे चरम निराशालाई आशामा परिणत गर्न प्रयत्न गर्ने याेजना देखि चितवनको समग्र विकासकाे लागि वृहत् आर्थिक बहसका कार्यक्रमकाे आयाेजना गर्नेसम्मका याेजना सार्वजनिक गरेकाे श्रेष्ठको टिमले ” एक गाउँ एक उत्पादन ” गर्न थप पहल गर्ने अध्यक्षका प्रत्यासी श्रेष्ठले बताएका छन् ।

यसै गरि आफुले उद्योग तर्फबाट उपाध्यक्ष पदमा दिएकाे उम्मेदवारी समयमै फिर्तालिन नभ्याएको भन्दै थिरप्रसाद धितालले आफ्नाे उम्मेदवारी फिर्ता लिएको र आफ्ना प्रत्यासी उद्योग तर्फका उम्मेदवार अशाेक अधिकारीलाई समर्थन गरेकाे विज्ञप्ति द्वारा बताएका छन् ।

उनले भनेका छन् ” म थिरप्रसाद धितालले सुमन कुमार श्रेष्ठको नेतृत्वमा रहेकाे समुहलाई समर्थन गर्दै उद्योग तर्फका उपाध्यक्ष पदका उम्मेदवार श्री अशाेक अधिकारी लाई सर्वसम्मत गराउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी फिर्ता गरेकाे कुरा यहाँहरु समक्ष जानकारी गराउँदछु ।

सँघ ५७ अैाँ अधिवेशन भने यहि पुषकाे २१ गते देखि २३ गतेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0