२०८० पुस १९, बिहीबार
चितवन । उद्योग बाणिज्य सँघ चितवनकाे आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार शिरिष पन्तले राज्यबाट उत्पादित विभिन्न खाले समस्यका साथै आर्थिक मन्दीकाे चपेटामा परी पेशा व्यवसायमा टिक्न कठिन पेशा व्यवसायीलाई कसरी आफ्नाे पेशा व्यवसायमा टिकाई राख्ने भन्ने विषय नै आजकाे प्रधान विषय भएकाे ले व्यवसायी साथीहरूलाई पेशामा टिकईराख्नका लागि सँघकाे तर्फबाट उचित भूमिका खेल्नकै लागि आफ्नो उम्मेदवारी रहेकाे बताएका छन् ।
सँघकाे ५५ अैाँ साधारण सभा तथा अधिवेशनबाट खुल्ला तर्फ उपाध्यक्ष पदमा निर्वाचित पन्त आफुले वस्तुगत तर्फकाे सँयाेजक भै उद्योगी व्यवसायीहरुकाे हितमा धेरै काम गरेकाे अनुभव समेत रहेकाे बताउँछन् । आफ्नो उम्मेदवारकाे अैचित्य र भावि कार्ययाेजनाकाे बारेमा जानकारी गराउने उद्देश्यले भाेली २० गते बिहान ८ बजे पत्रकार भेटघाटको कार्यक्रम राखेका पन्तले आफ्नाे जितकाे आधार समेत रहेकाे बताएका छन् ।
४३ वर्षीय पन्त भरतपुर १२ का स्थायीबासी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1