चितवन। चितवन स्वराेजगार निर्माण सँघका अध्यक्ष कृष्णबहादुर पाैडेल एमालेमा प्रवेश गरेका छन्। ‘ जतिखेरबाट राजनीतिक चेत ममा आयाे त्यतिखेरबाट म नेकपा (माओवादी केन्द्र ) ले लिएकाे विचारबाट प्रभावित भएँ । उनीहरुले भन्नेगरेकाे सर्वहारा , जनता , भँईमान्छे देखि शाेशम सामन्ती आदि का बारेमा भनेका कुरा र ०६२/६३ सम्म गरेका जनताका कुराबाट निरन्तर प्रभावित हुदै नेकपा ( माओवादी केन्द्र ) बनिरहेँ । अहिले मैले विश्वास गरेकाे पार्टीकाे सरकार छ तर म नेकपा एमालेकाे नीति , विचार र राष्ट्रवादी धारणा प्रति विश्वस्त हुँदै आजबाट नेकपा एमालेमा प्रवेश गरेकाे छु ‘ एमाले बनेपछिकाे पहिलाे प्रतिक्रियामा पाैडेलले भने । ‘
पार्टी सरकारमा गएपछि सबै ठिक भैहाल्दाे रहेछ , आफ्नाले पार्टी घेरेपछि सबै पुग्दाे रहेछ । आफुले हिजाे भनेका कुराहरुमा सधै जनता कहाँ झुक्काउन सकिन्छ भन्दै उनले भने हिजाे जनताको नाममा बलिदान गरे तर आज पार्टी पूजीबादी बन्याे लडाइँ लड्नेहरु कि सकिए कि मलेसिया र कतारमा छन् ।
भवन निर्माण कार्यमा आवश्यक दक्ष जनशक्तिहरु उत्पादन र निर्माणकार्य सँग सम्बन्ध राख्ने जनशक्तिहरुकाे सँस्था स्वराेजगार निर्माण सँघका अध्यक्ष पाैडेल अखिल नेपाल निर्माण मजदुर सँघका केन्द्रीय सदस्य समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0