२०८० कार्तिक २७, साेमबार ।

कैयौं मुलुकहरुले विभिन्न कारण देखाएर TikTok सञ्जाललाई बन्द गरेकाे अध्ययनले देखाउँछ । आजसम्म TikTok बन्दगर्ने मुलुक करिव २७ पुगेकाछन् भने नेपाल पनि साेही सिकाईकाे श्रेणीमा आजबाट दर्ज हुँदैछ । कत्तिलाई लाग्न सक्छ टिकटक बन्दभएर खास्सा भयाे । हुनपनि टिकटकले बच्चाहरुकाे समय र मस्तिष्क दुबैलाई प्रतिअसर पार्याे धेरै मान्छेहरुकाे समय टिकटकले खायाे – बेकाममा ।अझ लाग्नसक्छ ” मान्छेहरु भाईरल हुने नाममा टिकटकमा अलिक बेसी नै छाडीन थाले ।

बेलायतले शुरक्षाकाे कारण देखाउँदै यसै वर्ष मन्त्री , सचिव लगायत कर्मचारीलाई टिकटक प्रयाेगमा राेकलगायाे भने अमेरिकाले सरकारी प्रणालीमा आवद्ध कर्मचारी लाई २०२२मै याे सञ्जाल राेकेकाे थियाे । न्यूजिल्यण्ड क्यानडाले पनि सन् २०२३मा सुरक्षा र गाेपनियताकाे कारण देखाउँदै यसलाई प्रतिबन्ध लगाएकाे पाईन्छ ।

ताईवानले  राष्ट्रिय सुरक्षामा जाेखिमहुने भन्दै सन् २०२२ मै टिकटक माथि प्रतिबन्ध लगाईसकेकाे छ । पाकिस्तानले त सन् २०२० मै बन्ध गर्याे भने अफगानिस्तानले युवामा नकारात्मक प्रभाव पार्ने डर भन्दै टिकटक र पव्जी राेकेकाे हाे । भारतले समेत गाेपनियता र सुरक्षाको कारण देखाउँदै २०२० मा चिनियाँ एप र टिकटकमा प्रतिबन्ध लगाएकाे हाे । नर्वे र अष्ट्रेलियाले पनि टिकटकबाट जाेखिम भएकाे भन्दै सरकारी कर्मचारी ,मन्त्री र सल्लाहकारलाई टिकटक प्रयाेगमा राेकेकाे छ ।

यी टिकटक राेकिनुपर्छ भन्नेहरुका लागि प्रमाण प्रतिवेदन भएपनि सँसार दिनानुदिन प्रविधिमा अघि बढ्दैछ भन्नेकुरा समेत सत्य हाे । प्रविधि बनाएर बन्ने बिधा हाे । बनेका आविस्कार सबै चमत्कारीक रुपमा सबैलाई स्वीकार्य नहुनपनि सक्छ । प्रविधिलाई देश, काल , परिस्थिति र आवस्यकताका आधारमा प्रयाेग गरिन्छ ।

प्रयाेग गर्ने गराउने पनि आ- आफ्नै विधि र व्यबहार हुन्छन् । कुनै पनि विषयकाे प्रयाेग र उपयोगीताका लागि हरेक मुलुमले आफ्ना हितमा नियमन विधि बनाउनु सर्वथा न्यायकाे सिद्धान्तको नजरमा उत्तम मानिन्छ ।

नीति नियम द्वारा प्रयाेगकर्ता नागरिकमा शासन गर्नुकाे सट्टा सञ्जाल कै घाँटी निमुठ्नुलाई विकसित प्रविधिले गिज्ज्याउनु स्वभाविकै हाे । प्रविधि माथि निर्मम हुनुकाे सट्टा प्रयाेगकर्ताकाे सीमा निर्धारणमा राज्यकाे चेत नजानु नै टिकटक बन्दगर्ने राज्यकाे निर्णय लाँचारी हाे भन्ने प्रमाणका लागि बल हाे ।

प्रविधि काे नियमसँगै प्रयाेगकर्ताकाे नियमनकाे पद्धति बसाउन नसकि करिव छाडातन्त्रकाे प्राक्टिस भएजस्तो देखिएकाे नेपाली धरतीमा शासक वर्गले निर्णय गर्नुभन्दा अगाडि १० चाेटी साेच्नुपर्छ कि कतै निर्णय  दुनियाँका मुखखाेल्ने साधन र मेरालागि कुरिकुरी त बन्दैछैन । किनभने प्रतिबन्ध भन्दा नियमन हजारगुणा प्रगतिशील विधि हाे स्वतन्त्रताको आजकाे दुनियाँमा स्वयँ नियमन सारथि पनि हाे ।

टिकटक माथिकाे प्रतिबन्धले राज्यलाई कुरिकुरी भन्ने दिन नआओस् -शुभकामना।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0