Open photo

२०८०कार्तिक १९, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले राहत वितरणमा हुनसक्ने दुरुपयोग राेक्न एकद्वार प्रणालीबाट सेवा र सुविधा उपलब्ध गराइने बताएका छन् ।

Open photo

भूकम्पबाट उत्पन्न कठिन परिस्थितिमा राज्यको पक्षबाट चालिनुपर्ने कदमकाे विषयमा छलफल गर्न बाेलाइएकाे विपद व्यवस्थापन जाेखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदकाे १३ अैाँ बैठकमा प्रधानमन्त्री दाहालले साे बताएका हुन् ।

बैठकमा बाेल्दै प्रधानमन्त्री दाहालले विपदपछिकाे उद्धार , राहत र पुनर्निर्माण प्रभावकारी बनाउने तर्फ गम्भीर हुन सबलाई निर्देशन समेत दिएकाछन् ।

“यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन। राहतमा हुने दुरुपयोग रोक्छौं। केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं। कहिलेकाहिँ सरकार निरिह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं। यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौं।”प्रधानमन्त्रीले भने ।

बैठकमा सम्भाव्य जाेखिमकाे बारेमा समेत छलफल चलेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0