२०८०भाद्र ३०,सनिवार

रामलाल कुमाल , श्रीखबर प्रतिनिधि ।

कालिका,चितवन। आफ्नाे १६अैाँ स्थापनाकाे अवसरमा सुरक्षित बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गर्याे । कालिका नगरपालिका वडा नम्बर ६ स्थित खाेलेसिमलमा आयाेजित साे रक्तदान कार्यक्रममा २० महिला सहित ९५ जनाले रक्तदान गर्नुभएको थियाे ।

Open photo

Open photo

क्यान्सर अस्पताल लगाएत चितवन जिल्ला का अधिकाशँ अस्पतालमा दिनहुुँ सयौंकाे सँङ्ख्यामा उपचाररत बिरामीका लागि दैनिक सयौं पाेका रगतकाे माग हुनेगरे पनि सधैजसाे रगतकाे अभाव हुनेगरेकाे परिप्रक्षमा केही भएपनि सहयाेग पुगाेस् भन्ने उद्देश्यका साथ रक्तदानकाे आयाेजना गरिएकाे सँस्थाका अध्यक्ष ओम लामिछानेले बताउनुभयो ।

कालिका नगरपालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मी काे उपस्थितिमा सम्पन्न रक्तदान कार्यक्रमकाे अैपचारिक सभा भने सचिव लालुप्रसाद दाहालले गर्नुभएकाे थियाे ।

चितवन देशकै मध्यभागमा अवस्थित ठुला अस्पताल भएकाे जिल्ला हाे जहाँ क्यान्सर अस्पताल देखि ठुला अस्पताल मा ठुला अप्रेसन देखि क्यान्सर राेगकाे उपचार तथा दुर्घटनाका  उपचार हुने र यस्ता उपचारका दाैरानमा ठुलाे सँस्यामा रगतकाे आवश्यक हुनाले  नेपाल रेडक्रस साेसाईटीकाे रक्तसञ्चार सेवालाई प्रयाप्त रगत सँकलन हुन नसक्दा रगतकाे उपलब्धतामा  अति कठिनाइ हुनेगरे रेडक्रसले जनाएको छ ।

स्वस्थ मानिसले वर्षकाे ३-४ पटकसम्म रक्तदान गर्नसक्ने रेडक्रसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0