२०८०भाद्र ३१, आइतबार काठमाडौं । देशभरका ३० हजार विद्यालयका ६० लाख भन्दाबढि विद्यार्थीहरुकाे भाग्य र भविष्य निर्माण गर्ने जिम्मेवार सँस्था आफैँआफ्नो कार्यक्षेत्र बन्दगरि आन्दोलन गर्न काठमाडौं उत्रने घाेषणमा छन् ।
सामुदायिक विद्यालयका शिक्षककाे सँगठन ‘नेपाल शिक्षक महासँघ’काे अगुवाइ मा देशभरका सामुदायिक विद्यालय ठप्प पार्ने र आफ्ना माग पुरा गराउन राज्यलाई दह्रो दवाव सृजना गराउन असाेज ३ गतेबाट काठमाडौं उत्रने निर्णय गरिएकाे हाे।
आफ्ना माग पूरा गर भन्दै दैनिकजसाे शिक्षकहरु काठमाडौं स्थित माइतीघर मण्डलामा अन्दाेलनरत छन् । राज्यले टेबल गरेकाे विधयक सैशाधन नभएसम्म काठमाडौं नछाड्न सबै शिक्षकलाई महासँघले अपिल समेत गरेकाे छ ।
शिक्षकहरु द्वारा उठान मागहरु जायज छन् भन्दै उनीहरूकाे मागलाई सबैजसाे राजनीतिक निकट शिक्षकका सँघ सँगठनहरुका साथै निजी विद्यालयमा कार्यरत शिक्षकका हितमा बनेका ( इस्टु) जस्ता सँगठनले समेत समर्थन गरेका छन् ।
“विधयकमा प्रस्तुत विषयहरु मध्य १८ वटा बुँदामा हाम्राे सहमति छैन ” यी बुँदाहरु सँसद शुरुभएकाे ७२ घण्टा भित्र सँशाेधन प्रस्ताव दर्ता गरि शिक्षकका मागकाे पक्षमा सँसद प्रस्तुत नहुँदासम्म हाम्राे आन्दोलन राेकिनेछैन’- महासँघका अध्यक्ष कमल तुलाधर भन्नुभयो ” माग पूराहुने अवस्थाकाे ग्यारेन्टी नहुँद्वँसम्म विद्यालय बन्द फिर्ता नहुने चेतावनी समेतदिए ।
तीन दिनअघि व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरुद्धमा महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको थियो । इस्टु नेपालका अध्यक्ष होमकुमार थापाले निजी विद्यायलको शिक्षकको समेत समस्या रहेको जिकिर गर्दै भने– ‘निजी विद्यालयमा अध्यापनरत शिक्षकको तथ्यांक राख्नुपर्ने, सामाजिक सुरक्षा कोष उपलब्ध गराउनुपर्ने, सरकारले तोकेअनुसार पारिश्रमिक दिनुपर्ने र स्थानीय तहले तयार गरेको नियमावलीअनुसार विद्यालय अनुगमन गर्दा इस्टुको प्रतिनिधित्व हुनुपर्ने विषय मस्यौदामा उल्लेख हुनुपर्छ ।’
महासंघले शिक्षकको व्यवस्थापन संघीय सरकारले गर्नुपर्ने मुख्य माग अघि सार्दै १८ बुँदे असहमति जनाएको हो । यसअघि संविधानतः मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तह मातहतमा रहने व्यवस्था थियो ।
नेपालमा धेरै लामाे समय देखि राहत , अस्थायी , करार , आदि शिक्षक दरवन्दीमा हजारौंको सँख्यामा शिक्षकहरु कार्यरत छन् । उनीहरुकाे उचित समायोजन र व्यवस्थापन गर्नुपर्ने आवाज उठिरहेको छ ।