२०८०श्रवण २४, बुधबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले -यापिड एक्सन टिम ( आरएटी) परिचालन गराएकाे प्रति जिल्ला प्रशासन कार्यालय चितवन काे गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।

वर्षाका कारण जाम भएकाे नारायणगढ- मुग्लिन सडक खण्डमा सडक खुलाउन आर ए टी लेखिएका युवाहरु सञ्चार उपकरण सहित परिचालित भएकाे भन्ने सञ्जालमा आएकाे विषय प्रति गम्भीर ध्यानाकर्षण भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरेकाे छ ।

सूचनामा राज्यकाे श्राेत र साधन प्रयाेग, सडक र सुरक्षा निकायकाे प्रयाेग गरि मुग्लिङ -नारायणगढ खण्डको पहिराे हटाईएकाे र यसमा अन्य कुनै व्यक्ति वा समुहको सँलग्नता न रहेकाे र कसैलाई साे कार्यमा सँलग्न हुन स्वीकृत समेत नदिईएकाे जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल द्वारा जारी सूचनामा, व्यवस्थापकीय आवस्यकतामा राज्यलाई सहयाेग गर्नुपर्ने अवस्था आईपरेमा राज्यकाे स्वीकृति लिई सुरक्षाकर्मीकाे समन्वयमा उद्दारकार्यमा खटिन सकिने भएपनि कसैलाई साे स्थानकाे कार्यका लागि स्वीकृति नदिईएकाे र सञ्जालमा देखिएकाे सन्चार सेटकाे वैधानिकताकाे बारेमा अनुसन्धान हुने जनाएको छ ।

साे सन्चार सहितकाे युवा टिम भने राष्ट्रिय स्वतन्त्र पार्टीले -यापिड टिमका नाममा परिचालन गरेकाे जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0