२०८०श्रावण १४, आइतबार

नेपाल । गएकाे बर्ष नेपालका विजुली उत्पादन गर्ने कम्पनीले १अर्ब ३६ कराेड ९६ लाख घाटा व्यहोर्नुपरेको निजी उर्जा उत्पादकहरुकाे सँस्था ईपानले बताएकाे छ  भने बार्षिक नेपालमै बार्षिक ३ अर्ब रुपैयाँ काे बिजुली भने त्यसै खेर गैरहेकाे तथ्यले देखाएकाे छ । यसाे हुनुकाे मुख्य कारण नै काेरिडाेर प्रशारण लाईन विस्तार हुन नसक्दा उत्पादित उर्जालाई उपभोक्तासम्म पुर्याउन नसकेर भएकाे हाे ।

No description available.

अधिकाँश विधुत उत्पादन सँस्थाबाट उत्पादित उर्जालाई मर्याङ्गदी काेरिडाेर प्रशारणमा जाेड्नुपर्नेमा हालसम्म साे काेरिडाेर नबन्दा विद्युत उत्पादन गर्ने कम्पनीको अर्बौं रुपैयाँ बराबरको विद्युत खेर गैरहेकाे छ ।

एकातिर उद्योग र आमउपभोक्ताले सहजरुपमा विद्युत प्राप्त गर्न सकेकाछैनन् भने विधुत उत्पादन गर्ने कम्पनीले विजुली बेच्न लैजान बाटाे नपाउँदा घाटामा छन् । अधिकास हाईड्राेपनवर कम्पनीले आफ्नाे विजुली बेच्ने बाटाे नपाए पछि १० देखि ९० प्रतिशत सम्म बिजुली उत्पादनमै कटाैती गर्नुपरिरहेकाे छ । नेपालकाे उर्जा उत्पादन गरिने कम्पनीलाई नै क्यू ४० अर्थात ४० प्रतिशत मात्रै पूर्णक्षमतामा डिजाइन गरेकाे पाईन्छ ।

हाल नेपालका ३ सय ३० मेघावट क्षेमताका २० आयाेजनाले पूर्णक्षमतमा विद्युत उत्पादन गर्न पाएका छैनन् ।कैयौं कम्पनीले १० प्रतिशत देखि १०० प्रतिशतसम्म विधुत उत्पादनमा कटाैति गरेकाे ईपानले जनाएको छ।

Open photo कृष्ण खनाल

(लेखक)

अधिकाँश हाईड्राेपावर कम्पनी उत्पादन क्षेत्र पर्वत,म्याग्दी ,मुस्ताङ ,धादिङ ,तेह्रथुम ,दार्चुला ,भाेजपुर,रामेछाप , कास्की र दाेलखा क्षेत्रमा पर्ने र उत्पादनलाई मर्स्याङ्गदी,काेरिडाेर प्रशारण लाईनमा जाेडिनुपर्ने हुन्छ तर साे काेरिडाेर निर्माण अलपत्र हुँदा उत्पादित विद्युत उपभोक्तासम्म पुग्न सकिरहेकाे छैन ।

ईपानका अनुसार हाल उपर स्याङ्गे हाइड्रो (२.४मेघा),अपि पावर( ८.५ मेघा),उपर छ्याङ्दीखाेला (४मेघा) ले आफ्नाे उत्पादनकाे १० प्रतिशत उत्पादन कटाैति गर्नुपरेको छ भने घलेम्दी खाेला ( ५ मेघा ) , ङ्यादी खाेला (३० मेघा), उपर मर्दी खाेला(२७मेघा),दाेर्दी-१, ईलेक्टिक( १२ मेघा),अपरदाेरदी ए(२५मेघा) तथा चेपेखाेला (८.६३) ले उत्पादन क्षेमताकाे ५० प्रतिशत विजुली मात्रै उत्पादन गर्नुपरेकाे बताएका छन्। यसैगरी सिप्रिङ खाेला,टक्सर पिसुवा खाेला, उपर माेरङ खाेला,आँवुखाेलाले क्षमताकाे ७० प्रतिशत उत्पादन कटाैति गर्नुपरेकाे जनाएको छ। देश विकासको सम्भावना नै जलविद्युतबाट सम्भव छ भन्ने जान्दाजान्दै राज्यकाे ध्यान यताभन्दा अनुत्पादक क्षेत्रमा केन्द्रित भएकाे देखिन्छ ।

Open photo

देश भित्रका उद्योग कलकारखाना देखि आम उपभोक्ताले अझै पनि अघाेषित लाेडसेडिङकाे मारबाट उम्कन सकिरहेकाे छैन भने ,राज्यभने बिजुली विदेशीलाई बेच्ने सपना देखाएर भाेटकाे राजनीति गरिरहेकाे प्रष्ट छ । उत्पादित बिजुलीलाई कसरी सर्वसुलभ रुपमा नेपाली उपभोक्ताकाे माझमा पुर्याएर सस्तोमा धेरै उत्पादन गर्ने भन्ने तर्फ राज्य जानेरपनि नजरअन्दाजमा छ ।

उर्जा कम्पनीलाई क्षमता जति नै उत्पादन गर्ने वातावरण श्रृजना गर्ने हाे भने हेटाैँडा- भरतपुर – बर्दघाट काेरीडाेर ,कालिगण्डकी काेरिडाेर देखि खिम्ति र मर्याङ्दी प्रसारण काेरिडाेरकाे छिट्टाे आवस्यक कार्यसम्पादन गरि फुलफेजमा विद्युत उत्पादन गर्ने र नेपाली बजारमै सर्वसुलभमा विक्रीगरि कमभन्दा कम लागतमा वस्तुहरु उत्पादन गरि उपभाेग गरि बचेका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विक्री गर्नतर्फ राज्यकाे चेत जानेहाे भने देश उँभाेलाग्न बेर लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0