२०८०श्रावण १३,शनिबार

चितवन । भ्रमण बर्ष २०२४ का माध्यमले भरतपुरलाई विश्वसामु परिचित गराउनुका साथै आन्तरिक पर्यटनका माध्यमबाट महानगरकाे समृद्धिमा याेगदान पुर्याईने याेजना तय भएकाे छ ।

भरतपुर महानगरपालिकाले  २०२४ लाई भ्रमण वर्षकाे रुपमा घाेषणा गरेपछि कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गराउन विभिन्न विधाका समितिहरु निर्माण भएका छन् भने दिनेश चुकेकाे सँयाेजकत्वमा मुल समिति बनेकाेछ ।

अन्तर्राष्ट्रिय समन्वय समितिकाे सँयाेजनकाे जिम्मेवारी साेम सापकोटालाई दिईएकाे छ । सापकोटाका अनुसार भ्रमण बर्षलाई सफल पार्न ” साथीहरूलाई घर पठाअैाँ ” नाराका साथ चितवनसँग सम्बन्ध भै सँसारभर रहेका चितवने दाजुभाइ ,दिदीबहिनीहरुलाई भरतपुर भ्रमणका लागि निम्ता गरिने छ भने चितवन घर , यहाँ साईनाे र सम्बन्ध भै ७७ जिल्लामा रहनुहुने सबैलाई भरतपुर भ्रमण वर्ष २०२४ मा भरतपुर भ्रमणका लागि आवह्नान गरिनेछ ।

भ्रमण बर्षका लागि अन्तर्राष्ट्रिय समन्वय सँयाेजक सापकोटा गैर आवासीय नेपाली सँघका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समिति सँयाेजक समेत हुनुहुन्छ । गैर आवासीय सँघकाे १० जिल्लामा समिति रहेकाे छ । विश्वका १ सय १८ देशहरूमा नेपाली नागरिकहरु रहेकाछन् भने ५२ मुलुकमा चितवनवासीहरु रहेकाे तथ्यांक  छ ।

विश्वभर रहनुभएका चितवने तथा उनीहरुसँग सम्बन्ध स्थापित रहेका विश्वका नागरिकहरुका साथै चितवनबाट नेपालका कुनैपनि जिल्लामा जुनसुकै कारण र कर्मले बसिरहनुभएका चितवनसँग साईनाे भएकालाई भरतपुर भ्रमण गर्न निम्ता गरिने छ भने नेपाल सरकार तथा पर्यटन वाेर्डले विदेशमा गरिने प्रचारप्रसारमा समेत भरतपुर भ्रमणकेा बारेमा प्रचार गरिने महानगरप्रमुख रेणु दाहालले बताउनुभयो ।

भ्रमणका लागि ३० भन्दाबढि भ्रमण क्षेत्रहरु पहिचान भैसकेको र यसकाे प्रवर्द्धनकीय विकास र सँरक्षण भैरहेकाे महानगरले जनाएको छ। दुई लाख पर्यटकले भरतपुर भ्रमण गर्ने लक्ष लिईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0