शुक्रबार ५,श्रावण २०८०

देशले चाहेकाे शुशासन नै हाे । शुशासन भनेकाे आफ्नाे घरखेतकाे कामधाम पनि सरकारले नै गरिदिओस् भन्ने कसैकाे रहर हाेईन । बस् थिति राम्राे भैदिए मिहिनेत त आफैँ गर्ने हाे भन्ने जनतालाई राम्ररी  महशुस हुँदैछ । आशा गरिएको र भराेशा खाेजेकाे केवल राज्यले अभिभावकीय जिम्मेवारी लेओस् भन्ने नै हाे ।

थिति बसाेस् भनेकाे छलछाम गरेकै भरमा काेहि रातारात धनीहुने र काेहि जिन्दगी भर मिहिनेत गर्दा पनि ऋण बाेकाएर मर्नुपर्ने नहाेस् भन्ने नै हाे। मिहेनत पनि खेतबारीमा मात्रै गर्नुपर्छ भन्ने हाेईन । मिहिनेत आफ्नाे बजार जहाँ छ त्यहीँ ईमानदारीका साथ खट्टिने विषय हाे।

बजार भनेकाे सामान किन्न र बेच्न लस्करै थापिएका पसल मात्रै हाे भनि बुझ्नुहुँदैन । जहाँ बस्तु र सेवाकाे किन बेच अर्थात काराेेवारी हुन्छन् ती सबै बजार का क्षेत्राधिकार भित्र पर्दछन् । अझ भनाैँ जहाँ  साैदाबाजीकाे खेल हुन्छन् सबै क्षेत्र बजार हाे । हरेक  सभासदहरुकाे बजार सभा हाे जतिखेरसम्म तिनीहरु त्यहाँ बसेर गतिविधिहरु गरिरहन्छन् । त्यसैले त सँसदमा पनि विजनेश पायाे पाएन , दियाे दिएनका कुरा उठ्दछन् किन भने त्याे नीति बनाउने र कार्यान्वयनका लागि निर्देश गर्ने बजार हाे ।

अहिले विग्रिएकाे भनेकै बजार हाे । बस्तु उत्पादन गर्न बजारलाई अर्काकाे बजारले खाईदियाे । खेतबारी मा उव्जाईएका फसलकाे बजार भन्दा हजारौं माईलबाट ल्याईएका सफलकाे बजार सस्ताे भएपछि स्वदेशी बजार ध्वस्त हुने नै भयाे । सबै बजारलाई नियन्त्रण गर्ने बजार राजनीति बजार हाे ।

निस्वर्थ रुपमा गरिने सेवा राजनीति भएकाले याे बजार हाेईन कि जस्ताे पनि लाग्नसक्छ किमार्थ  भ्रम हाे किनकि हामीले बुझेकाे बजार भनेकाे त अडमस्मितते भनेजस्तै नाफा र फाईदाका लागि बस्तु तथा सेवाकाे विनिमय भित्रकाे प्रणालीगत व्यवहारलाई बजार मान्दै आएका छाैँ । के त्यसाे भए राजनीतिक पार्टिहरु कसैका लागि पनि फाईदाहुने काम‌ै गर्दैनन् त ? पक्कै गर्दछन् ।

अझ पार्टीले त हाक्काहाक्की नाफा र फाईदाकाे ओकालत मात्रै गर्दैनन् विघि विधान बनाएरै सर्वहाराकाे फाईदा, लाेकतन्त्रकाे फाईदा , पूजीबादी अर्थतन्त्रकाे हित आदि आदि । तसर्थ यी सबै बजार हुन् बस्- कतै मेरालागि  त कतै बजार हाम्रा लागि ।

अहिले सबैभन्दा बिगारिएकाे बजार हाे राजनीति । यद्यपि राजनीतिक बजारमा आकर्षण बढ्दाे छ । किनभने राजनीतिक बजारमा प्रवेश गर्न नाफा र फाईदाकाे उठान गर्नुपर्दछ । कसैलाई लाग्न सक्दछ याे तर्क गलत छ । पछिपछि लाग्नेलाई त्यतिबेलासम्म याे बहस गलत लाग्ने छ जतिखेरसम्म उसँग निर्णयमा पहुँच छैन ।बस् नाफा कस्कालागि ? विश्वराजनीतिकाे हालसम्मको साझा बुझाई हाे । त्युाे त हरेक युगमा देखापरेका राजनीतिकाे सार स्वर्थ नै हाे बस् त्यसमा कुन वर्ग हाविहुने गर्दछ ।

नेपाली राजनीतिका पछिल्ला दिनमा देखिएकाआकर्षक भने छिट्टै नाम वा दाम कमाउनका लागि हाेइनभन्ने काे मत छैन भन्नु वान्छनीय देखिन्छ। पत्रकार देखि, प्रहरीसम्म, न्यायाधीश देखि शिक्षकसम्म ,व्यापारी देखि उद्योगका मालिकसम्म राजनीतिक बजारतिर आकर्षक किन भैरहेकाछन् ? साेचनीय कुरा हाे । के समाजसेवा गर्ने बजार भनेकाे राजनीति मात्रै हाे त ? शासन शत्ता छाेड्दा पनि मान्छे भगवन हुँदाे रहेछ । एउटा राजाका छाेरा गाैतम शासन छाेड्दा भगवान् भए । धनी हुनैका लागि राजनीति गर्नेले धनकमाउन केके गर्नुपर्ने हुन्छ-, बाटाे खाेज्ने नै भए । त्यहिबाटाे खाेज्ने विधि र प्रकृया नै नेपाल र नेपालीकाे दुस्चक्रकाे भूमरी हाे ।

छिटै धनी हुने बाटाे खाेज्दा जे जे,गरिए सबै नेता र नीति नै राष्ट्र का लागि घातक हाे । यहि घातक विधि र व्यवहारलाई सङ्लायाउनु आजकाे चुनाैति हाे । त्याे भन्दा पनि जहर भने विधि र व्यवहारलाई सत्ताकाे बलले सफा गर्ने फिरङ्गी बाेकेर सत्ताकाे छेउटुप्पाेतिर पुग्ने र सङ्ल्याउनुपर्ने फाेहाेरमा आफैँ जाक्किने । समग्रतामा फाेहाेरी बनेर निस्कने पात्र र प्रवृत्तिले सिङ्गो देशलाई करेप्नु दु:खकाे बिषय हाे ।

देशलाई बासकाे आशकाे थलाे बनाउनकाे सट्टा देशै छाेडेर परदेशिन खाेज्ने मनाेवृत्तिकाे विकास भने देश धसाउने अर्काे स्वतन्त्र प्रक्टिस हाे । देशले कराेडाैँ लगानी गरेर उत्पादन गरेकाे जनशक्ति विदेश मात्रै गएन साथमा खरबाैँ पैसा पनिृ विभिन्न बहानामा लानेभए। कमाएर पैसा पठाउलानि त भन्दा त पाए उतै घर ठड्याउन थालेपछि नेपालले मायाँ पुर्खा सम्झन मात्र नेपाल कामलाग्ने भयाे ।

देश चलाउनेका सबै सन्तान स्वदेशकाे बजारकाे अलवा विदेशकाे मूल्यमा गणना हुनेभएपछि नेपाली नेताहरुलाई पनि मेराे घर विदेशमा पनि छ भन्न कुनै आईतबार कुर्नुपर्ने न‌ै भएन । समाचार सुन्दा समेत विदेशकाे खबर पहिले सुन्ने नेपाली शाशकहरु यतिधेरै छन् कि उनीहरुलाई पहिला विदेशकाे समाचार सुन्नुछ जहाँ उनकाे घर पनि छ सन्तान पनि ।

अहिले देखिएकाे नेपाली विदेशीकाे ट्रेन भनेकाे विदेशमा बसेर नेपालीलाई मायालु भाषामा अर्ती दिने र पुराना पार्टी र नेतालाई धारेहात लगाउने र नयाँ र विकल्पकाे खाजीमा उराल्न जनमतको खाजी गर्नु रहेकाे छ । यता पुराना र लामाे ईतिहास बाेकेका पार्टीका पाईलटहरु आफू कसरी अव्वल सावित हुन  भन्ने भन्दा पनि नयाँ पार्टीहरु आफुजस्जै कहिले बन्लान र समान भैएला भनेर जाेखाना हेर्ने मनाेविज्ञान हावी देखिएकाे आजकाे अवस्थामा जनताले नयाँ अनुहार किन राेज्दैछन् , याे अर्काे चेतपूर्ण बहस हाे ।

(लेखक कृष्णप्रसाद खनाल सामाजिकअन्तर्वस्तुमाआधारित रहेर विगत २५ वर्ष देखि पत्रकारितामा निरन्तर कृयाशील छन्।)

news.shreekhabar@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0