२०८१ बैशाख २४, साेमबार

काठमाडौं । हालै बजारमा आएकाे दिनेश केसीकाे ` तिम्राे आगमनले´ म्यूजिक भिडियो गज्जव बनेकाे वरिष्ठ सँगितकार तथा सर्जक राजेन्द्र बजगाईँले बताएका छन् ।

(सँक्षिप्त कुराकानीका क्रममा – सम्पादक कृष्ण खनालसँग कलाकार दिनेश केसी )

` दिनेश जीले निकै मेहनत गरेर बनेकाे याे भिडियाेकाे गितमा उनैकाे आवाज छ भने माेडल समेत केसी नै हुन् , श्रृजना उत्कृष्ट भएकाे छ  – ´ बजगाईँले भने ।

गित सँगित देखि अभिनय यात्रामा रुचि राख्ने कलाकार दिनेश केसी पछिल्लो समयमा निकै व्यस्त कलाकार हुन् ।

हालै बजारमा आएकाे याे गीतकाे सँगित सँयाेजन भने युवा सँगितकार राजेन्द्र बजगाईँले गरेका छन्। दाेलखा फिल्म युट्युव च्यानल मार्फत सार्वजनिक ` तिम्राे आगमनले´ काे शव्द सन्चिति  अमृत भारतीले गरेका हुन् भने भिडियो मिक्सिङ मनाेज परियारकाे हाे।

गाैरीशँकर गाउँपालिका – ३ मा जन्मेका केसी  कलाकारीता क्षेत्रमाआफू निकै खुशी रहेकाे , एक भाग्यमानी ठान्दछन् ।

। उनी भन्छन् ` मैले कलाकारीता कै माध्यमबाट सँसारका ३० भन्दा बढी मुलुक भ्रमण गरेकाे छु ।´ उनी आफुलाई `ट्राभल लभर ´ भन्न रुचाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0