शनिबार ३०,असार २०८०

काठमाडौं / निर्माण व्यवसायीहरुले आफ्नाे ठेक्काकाे सँपूर्ण काम सम्पन्न गरि भुक्तानी माग गरेकाे लामो समयसम्म पनि राज्यले भुक्तानी दिन नसकेकाे निर्माण व्यवसायी मनाेजकुमार आचार्य बताउँछन् ।

उनका अनुसार सरकारले श्राेत सुनिश्चित गरि याेजना आयाेग तथा अर्थमन्त्रालय लगायत आवस्यक सबै निकायकाे सिफारिसमा ठेक्का आयाेजना गरि निर्माण कम्पनी मार्फत काम सम्पन्न भएकाे यतिका दिनसम्म पनि राज्यले कम्पनीलाई दिनुपर्ने १५ अर्व भन्दा बढि रकम हालसम्म भुक्तानी गरेकाे छैन ।

राज्यले दिएकाे देश बनाउने जिम्मेवारी लिएर आफुसँग भए नभएकाे श्राेत, बैक तथा कर्जा गरेर गरिएको निर्माण सम्पन्न बापतकाे बिल रकम समेत राज्यले दिन नसक्नु देश सन्चालकहरुकाे शुभ सङ्केत नभएकाे व्यवसायी महासँघका केन्द्रीय सदस्य मनाेजकुमार आचार्य बताउँछन् ।

सम्झाैता गरि लिईएका ठेक्काका कामहरु समयमै पूरा नभै पटक पटक म्याद थपहुदा पनि किन निर्माण कार्य पूराहुन सक्दैन भन्ने जिग्यासामा – नेपालीले लिएकाे निर्माण ठेक्का भन्दा पनि विदेशीले लिएका निर्माण ठेक्काहरु बढि जाेखिम र अलपत्रमा परेकाे सदस्य आचार्यकाे बुझाईरहेकाे छ।

राज्यकाे जिम्मेवार निकाय अर्थमन्त्रालय र बहालवाला अर्थमन्त्रीले नै हाल भुक्तानी दिनका लागि मन्त्रालय असक्षम रहेकाे र रकम नै अभाव भनेपछि भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायी चिन्तित भएका छन् । असार मसान्तमा त पक्कै भुक्तानी पाईएला भनेर अनेक गरेर काम सकाईयाे तर भुक्तानी दिनेसमयमा पैसैछैन भन्ने अर्थमन्त्री मुलुकलाई काम नभएकाे भन्दै मन्त्रीकाे राजिनामा मागिएको आचार्यले भने ।

सडक देखि मन्त्रालयका ढाेका ढाेकामा भुक्तानीका लागि भाैतारीएका निर्माण व्यवसायीहरुले थप सँघर्षका कार्यक्रमकाे स्वरुप तयार पार्न ७७ वटै जिल्लाका निर्माण व्यवसायीहरुकाे प्रतिनिधित्व रहने गरे यहि साउन ५ गते राष्ट्रिय भेलाकाे आयाेजना गरिएको महासँघकाे एक केन्द्रीय सदस्य बताउँछन् ।

fccराज्यले भुक्तानी दिनुपर्ने रकम समयमै नदिए थप आन्दालित हुने गरि स्वरुप तयार पारिने महासँघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0