बुधबार २७ असार २०८०

चितवन/प्रेस चाैतारी नेपाल चितवनले निर्माण गरिरहेको भवनलाई पूर्णता दिन थप आर्थिक रकमकाे आवस्यकता देखिएपछि चितवनका स्थापित पत्रकार नवराज ढकालले ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएकाे छ। ढकालले सहयोग हस्तान्तरण गर्नुपछि सहयोगी मनहरु अझ उत्साहित भएकाे प्रेस चाैतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

अग्रज पत्रकार नवराज ढकालले भवन निर्माण गर्ने क्रममा सँगठनलाई थप रकमकाे आवस्यकता परेकाे अवस्थामा जसरी खुला मनले सहयाेग गर्नुभयो, त्यसकाे सँगठनले उच्च मुल्यांकन गर्ने बताउँदै अध्यक्ष पण्डितले पत्रकार ढकालप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयाे ।

प्रेस चाैतारी नेपालकाे ईतिहास मै चितवनले आफ्नै जमिनमा सुविधा सम्पन्न ” चाैतारी भवन ” निर्माण गर्दैछ । जग्गा व्यवसायी केशव कार्कीले नि: शुल्क दिनुभएको भरतपुर ११ स्थित बसेनीकाे जग्गामा बन्दै गरेकाे साे भवन चितवन र आसपासका पत्रकारहरुकाे साझा चाैतारीकाे रुपमा प्रयाेग गरिने अध्यक्ष पण्डितले बताउनुभयाे ।

नेपालका कृयाशिल पत्रकारहरु मध्य अत्यन्त मजवुत सँगठनकाे रुपमा रहेकाे प्रेस चाैतारी नेपाल चितवनले सबैकाे सहयाेगमा भवन बनाउने जुन याेजनामा लाग्नुभएकाे छ त्यसकाे हृदयदेखि नै सम्मान व्यक्त गर्दछु भन्दै पत्रकार नवराज ढकालले भन्नुभयो ” सँगठनलाई आवस्यकता पर्दा जस्तोसुकै सहयाेग गर्नपनि पछिहट्ने छैन ।”

पत्रकार ढकालले प्रेस चाैतारीकाे निर्माणाधीन भवनलाई पूरागर्न थप सहयाेग पुर्याउने उद्देश्यले एक कार्यक्रमका बिच हिजाे चितवनका अध्यक्ष सुवास पण्डितलाई नगद रुपैया ५० हजार उपलव्ध गराउनुभएकाे हाे ।

वहाँले यस अघि नै साे रकम सहयाेग गर्ने ईच्छा जाहेर गरिसक्नुभएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0