असार १८ साेमवार २०८०

चितवन/ कृषि तथा पशुपालनकाे विकास बिना देश विकास सम्भव नभएको प्रति सचेतहुँदै हरेक किसानकाे गाेठगाेठमा भेटनरी प्राविधिक द्वारा सेवा उपलब्ध गराउने र खेतखेतमा कृषि प्राविधिककाे सेवा उपलब्ध गराउन रत्ननगर नगरपालिकाले यसै वर्षदेखि ” गाेठगाेठमा भेटनरी र खेतखेतमा कृषि प्राविधिक ” भन्ने नाराका साथ याेजना अघिबढाउने भएकाे छ ।

कृषि प्रणालीमै सुधार नआएसम्म उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन नसकिने भएकाले प्राविधिकहरुकाे सेवा र परामर्श लक्षित वर्गकाे घरआगानमै पुर्याउनुपर्ने देखिएकाेले यस्ताे कार्यक्रम ल्याउनुपरेकाे मेयर प्रल्हाद सापकोटाले बताउनुभयो ।

किसानले आफ्नो फसलकाे मूल्य पाउनुपर्ने गरि काम अघि बढाईने र किसानका उत्पादनहरुकाे समेत मूल्यमा एकरुपता कायम हुनुपर्ने मेयर सापकोटाले बताउनुभयो । पशुपालन प्रति किसानलाई आकर्षित गर्न कृषि तथा पशुपालनमा प्राविधिक सहयाेग ,प्रविधि हस्तान्तरण गरिनुका साथै पशुलाई आवस्यक आहार,हरियाे घाँस तथा अनुदानकाे समेत याेजना रहेकाे मेयर सापकोटा बताउँनुहुन्छ ।

अब नगर भित्रका व्यवसायीक किसानहरुकाे मापदण्डका आधारमा छनाैट गरि अनुदान कार्यक्रममा समेत व्यवसायीक किसानलाई ४० प्रतिशत र गरिव तथा न्यून आए भएका किसानकाे हकमा ६० प्रतिशतसम्म अनुदान उपलब्ध गराउन याेजना बनिरहेकाे र पशु विकासका लागि नश्ल सुधारमा समेत याेजना बनाएर कार्यक्रम लागुगरिने मेयर प्रल्हाद सापकोटाले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0