३२ जेष्ठ २०८०, बिहीबार ।

चितवन/ प्रेस चाैतारी नेपाल चितवनको भवन निर्माणकार्य तिव्ररुपमा भैरहेकाे छ।

भरतपुर महानगरकाे मुटु ११ नम्बरकाे बसेनीमा निर्माणाधीन साे भवन प्रेस चाैतारी नेपालकाे जिवनकै पहिलाे आफ्नाै भवन भएकाे चाैतारीका चितवन अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

समाजसेवी तथा जग्गा व्यवसायी केशव कार्कीले सहयाेग स्वरुप दिनुभएकाे ७० लाख रुपैयाँ बराबरको १० धुरमा बन्ने चाैतारीकाे भवन सुविधा सम्पन्न हुने जनाईएकाे छ ।

लामाे समयकाे मिहिनेत र पर्खाई पछि भवन निर्माण गर्ने अवस्थामा आईपुगेकाे बताउदै, हामीलाई खुल्ला मनले आर्थिक,भाैतिक तथा नैतिक रुपले सहयाेग गर्नुहुने सबै सहयाेगी व्यक्ति तथा निकायलाई धन्यवाद दिन चाहन्छाैँ – अध्यक्ष पण्डितले भन्नुभयाे ।

याे भवन प्रेस चाैतारी काे मात्र नभएर यस क्षेत्र र राष्ट्रकै मुल्यवान सम्पत्ति बनाेस् र याे प्रेक्षालय सम्भावना बाेकेका सबै अग्रज र उदयवान पत्रकारहरुकाे साझा सम्पत्ति बनाेस् भन्ने साेच र चाह राखेरै भवन निर्माणकार्यमा जुटेकाे अध्यक्ष पण्डितकाे भनाई रहेकाे छ।

भवन निर्माण कार्यका लागि विभिन्न व्यक्ति तथा सँघसँस्थाहरुले आर्थिक सहयाेग गर्नेक्रम समेत बढिरहेकाे छ।
आजैमात्र नेकपा एमालेका युवा नेता तथा अनेरास्ववियुका भू.पू.केन्द्रीय सदस्य ऋषिकेश रेग्मीले रु.१५ हजार भवन निर्माणका लागि नगद सहयाेग गर्नुभएको र देश विदेशमा रहनुहुने साथीहरू, तथा सँघसँस्थाले आर्थिक सहयाेग गरिरहनु भएकाे जनाइएको छ।

डिपिसि पूरा भै भवनकाे पिल्लर उठाउने काम तिब्रताका साथ भैरहेकाे र असार भित्रमा पहिलो ढलान सकिने याेजना रहेकाे जनाईएकाे । चाैतारकाे याे भवन ३ तले र सुविधा सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0