चितवन/बागमती प्रदेशका स्वस्थ्य मन्त्री उत्तम जाेशीले जेष्ठ नागरिक सँघ चितवनले स्थापनन गरेकाे अक्षयकोषमा रु १लाख थपिदिने भएका छन् ।

उनलाई स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गर्न शनिबार आयाेजित कार्यक्रममा उनले यस्तो घाेषणा गरेका हुन् । प्रदेश सभाका लागि चितवनकाे क्षेत्र नम्बर २ काे क बाट विजयी हुनुभएका उत्तम जाेशीले आफ्नो आमा – बुबाकाे नाममा १ लाख रुपैयाँको अक्षयकोष खडागर्न लागेका हुन् ।

शुभकामना सभामा बाेल्दै बागमती प्रदेशका स्वस्थ्य मन्त्री जाेशीले आफुले सबै वर्ग र क्षेत्रका जनताकाे स्वास्थ्यमा पहुँच पुर्उाउन पहल गर्ने बताउनुभयो।

जेष्ठ नागरिक सँघका अध्यक्ष समेत रहनुभएका सभाध्यक्ष केदारनाथ तिमिल्सिनाले जेष्ठ नागरिकको हितमा काम गर्नका लागि १ कराेडकाे अक्षयकोष स्थापना गर्न लागिएकोले यसमा राज्यका सवै निकाय र मनकारीहरुकाे सहयोगकाे अपेक्षा गरिएको बताउदै मन्त्री जाेशीलाई हार्दिक धन्यवाद सहित उत्कृष्ट कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयाे । वहाँले जेष्ठ नागरिकले सहजरुपमा दिनकाट्ने मनाेरमपूर्ण स्थल निर्माणका लागि पहल गरिदिन समेत मन्त्री जाशीलाई अनुराेध गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0