जेष्ठ ६, चितवन।
कुनै बेला बिकासी फलफूल तरकारी आयाे नभनि बिक्री नै हुँदैनथ्यो , अहिले विकासीलाई पनि लाेकल नभने सामानै बिक्दैन ” बर्षाैँ देखि कालिकाकाे पदमपुरबाट भरतपुरसम्म तरकारी बेचिरहनुभएकी सन्तुमायाँकाे अनुभव हाे याे। जतिसुकै लाेकल भनेपनि बीउ नै लाेकल पाईँदैन अनि अनि कताबाट पाउनु लाेकल।उनले देखे भाेगेकै कुरा सुनाईन्।

बिकासीलाई लाेकल नभनि बिक्न गाह्राे हुनु ग्राहककाे चेतमा भएकाे बिकास हाे कि बिकासी भनिने बस्तु प्रतिकाे नकारात्मक प्रभाव हाे? उन्नत खालकाे बिउमा उपयुक्त प्रविधिकाे प्रयाेग गरि प्रयाप्त आम्दानी नै आजकाे आवस्यकता हाे।सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा देशकाे उत्पादन , र देशको उत्पादनकाे प्रयाेग (Made in Nepal,Make in Nepal ) कुराे उठेकाे छ ,जुनकुरा हिजैबाट उठेकाे हाे। बस् अब कार्यन्वयन कसले गरिदेला।

बिकाशीलाई लाेकल भनेर बेच्न परेजस्तै विदेशी उत्पादनलाई “किनिदिनुस्” भन्नेमा कमी ल्याउनसके देशकाे भलाे हुनेथियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0