६ जेष्ठ,काठमाडौं ।

भिआइपि र भिभिआईपिका सवारीले सास्ती पाईयाे भनेका जनताले राष्टपतिकाे हिजाेकाे सवारीबाट भने राहत महशुस गरेका छन्। स्वस्थ्यकर्मीले समेत कुटाइ खानुपर्ने गरि सडक नै खाली गराएकाे सुरक्षाफाैजले यसपालि भने त्यसाे गरेन। सामान्य रुपमै रास्ट्रपति पाैडेल सँसदकाे दुवै सदनलाई सरकारकाे निति तथा कार्यक्रम माथि सम्बाेधन गर्न जानेक्रममा सडक खाली नगराई सामान्य तरिकाबाट नै रास्ट्रपतिकाे सवारी चलेकाे देखिए।

जतिसुकै भिभिआईपिकाे जिम्मा आईलागे पनि हिजाे जनताकाे घरआँगनबाटै उठेका नेता कार्यकर्ता भएकाले उसले गर्ने पहिलाे कृयाकलाप भनेकै जनमैत्री कर्म हाे ।रास्ट्रपतिले देश र दुनियाँका लागि के गर्लान् त्याे भने समयसँगै उनकाे परिक्षण हुँदैजाला। अहिलेलाई जनताले अपेक्षा गर्ने भनेकाे कम्तिमा पनि उनी र उनी जस्तै उच्चपद समालेका मान्छेकाे दैनिकीले जनताकाे दैनिकमा असर नपाराेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0