Open photo
२०८९चैत्र १३
भरतपुर चितवन/आँखाको क्षेत्रमा बिगत ४५ बर्ष देखि सेवा गर्दै आएको नेपाल नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ चितवन शाखाले आज बिहान भरतपुर चौबीसकोठी देखि भरतपुर आँखा अस्पतालसम्म प्रभातफेरी सम्पन्न गरेको छ ।
नेपाल नेत्रज्योति दिवसको रूपमा मनाउँदै यस अघि नै  भरतपुर शाखाले चितवनका १२५ जना पत्रकारहरुलाई निशुल्क आँखा परिक्षण गरेको थियो ।  आजै भरतपुर कारागारमा रहेका करिब ८०० कैदीबन्दिहरुको निशुल्क आँखा परिक्षण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल नेत्रज्योति संघले भरतपुर आँखा अस्पतालको अलावा हिरालाल सन्तुदेवी अध्ययन संस्थान, भीमराज उषामाया पाठक आइ बैंक संचालन गर्दै आएको छ ।  भरतपुर आँखा अस्पताल अन्तर्गत नवलपुर कावासोती, पर्साको ठोरी, बाराको सिम्रोनगढमा समेत मोतियाबिन्दुको अप्रेसन सहितको आँखा अस्पताल संचालन गरेको छ ।

सँस्थाले चितवन, पूर्वी नवलपरासी, धादिङ, सर्लाही, सिन्धुली जिल्लामा गरि १३ वटा आँखा उपचार केन्द्रहरु समेत संचालन गरेको सँघ चितवन का व्यवस्थापन सदस्य तेजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयाे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0