Open photo२०७८चैत्र १५

चितवन/राजनीतिक रुपान्तरण भएपछि सामाजिक सास्कृतिक रुपान्तरण अझै हुन नसकेकोले देश विकासका लागि सबै राजनीतिक दल र नेताहरु फेरि एकपटक एकैठाउँमा उभिनुपर्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले चैत्र ४ गते कैलालीकाे धनगढी स्थित अवि पार्टी प्यालेसबाट शुरुगरिएकाे राष्ट्रकाे लागि सङ्गीत अभियात्रा सुर्खेतको विरेन्द्रनगर,दाङकाे घाेराही,बुटवलमा सँस्कृतिक प्रस्तुति सम्पन्न गर्दै भाेली चैत्र १६ गते चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालकाे सभाहलमा जनसाङ्गीतिक प्रस्तुति गर्ने भएकाे छ।

वरिष्ठ सँगतकर्मी तथा जनताका लाेकप्रिय गायकहरु माधव प्रधान,जीवन शर्मा,मणि थापा ,उदय श्रेष्ठ सहितका श्रष्टा , कवि लेखक तथा जन गाएकहरुकाे मुख्य भूमिका सहित प्रस्तुतहुने कलाकार द्वारा जनता र नेताहरु लाई देश र जनताको पक्षमा विवेकपूर्ण समर्पण र एकताको आव्हान गर्न लागिएको नेकपा चितवनका भरतपुर महानगर ईन्चार्ज भरत न्याैपानेले बताए ।

Open photo

कार्यक्रमकाे पूर्वसन्ध्यामा आज आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै वरिष्ठ जनवादी सँगितकार मणि थापाले राजनीतिक परिवर्तनसँगसँगै माैलिक कला सँस्कृति र श्रृजनाकाे सँरक्षण र प्रवर्द्धनमा राज्य गम्भीर हुनुपर्ने बताए ।ख्यातिप्राप्त जनवादी गाएक जीवन शर्माले देश अझै पनि सँकटमुक्त भैनसकेकाेले चारतिर भन र चेतलाई छिरलेर बसेका नेता र पार्टी फेरि एकपटक उपलब्धिकाे रक्षा गर्न र देश विकासको अभियानमा सरिक हुन आव्हान गरे।

जनवादी समिक्षक तथा लेखक नारायण शर्मा देखि नवाेदित जनवादी गायिका अनु शर्मा सहितका १८/२० जनाकाे कलाकारहरुकाे प्रस्तुति रहने उक्त जनसाङ्गीतिक प्रस्तुति १६ गते दिनकाे २ बजे शुरुहुने आयाेजकले जनाएको छ ।अभियान भरतपुर पछि हेटौंडा ,वर्दिवास,धरान,विर्तामोड हुँदै चैत्र २८ गते पाेखरामा र बैशाख ५ गते काठमाडौंमा प्रस्तुत गरिने जन गाएक जीवन शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0