चैत्र ३ चितवन

प्रथम चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९मा ग्राहक काे बढ्दाे आकर्षण रहेकाे छ। भरतपुर स्थित चितवन उधाेग सँघकाे परिसरमा आयाेजित साे मेला चितवन उध्धाेग सँघ र नेपाली जुत्ता घरकाे सँयुक्त आयाेजनामा गरिएको हाे।

Open photo

स्वदेशी उधाेग र उत्पादनलाई बजारसम्म जाेड्न थप टेवा पुर्याउने उद्देश्यले आयाेजित साे प्रदर्शनीकाे समीक्षा गर्दै फुटवयर म्यानुफ्याक्चर एशाेसिएसनका रुद्र न्याैपानेले अवलोकन तथा खरीदकर्ताकाे उत्साहजनक उपस्थिति ले आफुहरु हाैसिएकाे बताउँदै आम उपभोक्तालाई स्वदेशी उत्पादन प्रति चासाे देखाउनु र उपभाेग गर्न प्रेरित गर्नु मेलाको उद्देश्य रहेकाे बताए।

समिक्षामा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले चितवन प्रशासन स्वदेशी उद्यम र उत्पादनकाे प्रवर्द्धनका लागि हर सम्भव सहयाेयी रहने बताए ।आैषतमा दैनिक ५ हजार जनाका दरले हाल सम्म करिव ७५ हजारले मेला अवलोकन गरेकाे बताउदै मेलाका सँयाेजक सुरज बन्जाडेले हामीले जुन उद्देश्य लिएर याे मेलाको साेच राखेका थियौं अब सफलताको मार्गमा बढिरहेकाेमा आयाेजक खुशी छाैँ भने।

एउटा जिग्यासामा ” अण्डर विलिङ र कर छलीलाई समेत निरुत्साहित गर्नु यस्ता मेलाकाे उद्देश्य रहने गरेकाे भन्दै चितवन उधाे सँघका अध्यक्ष त्रिलाेचन कँडेलले भने साे गर्न नपाए पछि बाहिरका व्यवसायीहरु आत्तिनु स्वभाविकै हाे ।चितवन लगाएत गाेरखा,धादिङ ,लमजुङ ,तनहुँ ,नवलपुर तथा मकवानपुरका समेत उपभोक्ता तथा दर्शककाे उपस्थिति रहेकाे साे मेला फागुन १७ गतेबाट शुरु भै १ महिनासम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0