चैत्र ४ चितवन

Open photo

पञ्चायत विराेधी आन्दोलन थप उचाइमा चुलिदैगर्दा काठमाडौंमा देशका प्रतिषठित कवि , साहित्यकार तथा कलाकर्मीहरुले आन्दोलनको पक्षमा जनमत प्रदर्शन गर्ने क्रममा २०४६ काे चैत्र ३ गते पारिजात लगायत प्रतिष्ठित श्रष्टाहरुलाई अन्यायपूर्ण तरिकाले गरिएको धरपकडकाे विराेधपूर्ण सम्झनामा देशका विभिन्न स्थानमा कार्यक्रमहरु सन्चालन भए । साेहि दिनकाे विराेधपूर्ण सम्झनामा प्रगतिशील लेखक सँघ चितवनकाे आयाेजनामा भरतपुरकाे चाैविसकाेठी चाेकमा सडक कविता बाचन सम्पन्न गर्याे ।

No description available.

कार्यक्रममा भरतपुर नगर प्राज्ञ सभाका उपकुलपति भुवानी शर्मा सहित प्रतिष्ठित साहित्य श्रष्टाहरुले सडक मै खुल्ला कविता वाचन सम्पन्न गरे । वर्तमान अवस्थासम्म देश आईपुग्दा पनि देशका नागरिक भने अत्यासपूर्ण अवस्थामै रहेकाे कविहरुकाे रचनाकाे प्रस्तुतिकाे भाव व्यक्त थियाे। कार्यक्रमकाे अध्यक्षता प्रलेसँघ जिल्ला अध्यक्ष राजु आचार्य ” दिप”काे अध्यक्षतामा सम्पन्न भएकाे थियाे।

सडकमा अक्षर समुहका रमेश प्रभात,गजल मन्चका लेखराम सापकोटा ,राष्ट्रिय जनसाहित्य सँघका के.स.कृष्णप्रसाद खनाल,मन्थन, चितवनका सरीता तिवारी, श्रष्टा डी आर पाेख्रेल सहित थुप्रै साहित्य साधकहरुद्वारा रचना बाचित भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0