Open photo
      कृष्ण खनाल
फागुन ११,काठमाडौं
केवल स्वार्थ राजनीतिमा छ देश यतिबेला स्वार्थ  त उतिबेला पनि थियो ।तर घेरा अलिक फराकिलो थियाे । घेराकाे बीचमा देश र समाज हुन्थ्याे । अहिलेकाे घेरा भित्र केवल आफू र आफ्ना गुठका परेका छन् ।दुनियाँलाई थाहा भैसकेको कुरा याे पनि हाे कि नेपालकाे आन्तरिक मामिलामा नेपाल र नेपाली बाहेकका काे पुरै हातपाउ हुने गरेकाे छ।
राजतन्त्र पाल्दा भन्दा फाल्दा पुरै सेताे हात्ती जान्छ बदलामा गरिव गुरुवाले शासन र शक्ति दुबै पाउँनेछन् भने अनि त्यसै गरे । बदलामा जनताले के पाए जगजाहेर छ । गएकाे चुनावताका १५/२० बर्ष एकता कायमै रहने कुरा हावादारी साबित हुन कत्ति पनि बेर लागेन।
धाेकाधडीकाे बिचबाट जन्मेकाे नेपाली राजनीति अब फेरि अर्को स्वार्थमा फसाउने सहमति भएकाे हल्ला छ ।फागुन २५ गते हुने रास्ट्रपतिकाे निर्वाचनलाई लिएर फेरि अर्को घनचक्करमा देश फसाउने कामकाे गाईँगुई काठमाडौंमा चलेकाे खबर छ । थपथापलाई सत्ताकाे मखमल बिछाउन उद्धत समुदायको हात माथि नपरेसम्म याे खेल नसकिने जगजाहेर छ।
बामपंथी कै पाे एकता हुन्छक्यारे जस्ताे गरेर छुमन्तर मै मिलेजस्ताे देखिएका एमाले र माओवादी अब मिल्नदिनु हितकर छैन भन्ने लाग्नु कसैका लागि चासाेकाे बिषय हाेला तर नेपाली काे बिषय चाँई जाेसुकै मील तर जनतालाई भने जिउँदै पेट्रोल खन्याएर सल्कनु पर्ने वा डाेरीकाे पासाेमा फल्नुपर्ने नबनाईयाेस् भन्ने हाे । तर सँकेतले कुभलाे खाेज्दैछ ।
रास्ट्रपतिमा काङ्ग्रेसको दावी किन नहाेस् त ।उ त प्रधानमन्त्रीमै क्वालिफाईट छु भन्दैछ । भरखरै प्राप्त जानकारी अनुसार नेपाली काङ्ग्रेस माओवादी र हिजोका सहयात्री दल र समूह मिलेर रास्ट्रपतिमा काङ्ग्रेसकाे उम्मेदवारलाई जिताउने र सत्तामा थप भागबन्डामा काङ्ग्रेस सहभागी हुने खबर छ ।
काङ्ग्रेसले रास्ट्रपति काे उम्मेदवारी खाेज्न यतिबेला राजधानीमा छलफलमा व्यस्त छ । माओवादी पनि समाजवादीलाई सँगै हिडाउन पाए सके पार्टी नै एकता नभए पनि कार्यगत एकता गरि एमालेबाट छुट्टाईराख्न बाटाे खाेज्दै छ । देश कुन बाटो बाट बढ्ने भन्ने तय अबको करिव २४ घण्टाले तय गर्ने छ । जनता भने काठमाडौं तर्फ फर्कदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0