२०८१ बैशाख १४, शुक्रबार
प्रकाशवावु खनाल
रत्ननगर,चितवन । रत्ननगर १५ स्थित माधवपुरमा प्रथम माधवपुर गोल्डकप हुदै छ ।
१५ गते शनिबारबाट शुरु साे गाेल्डकप प्रतियोगिता वडा कार्यलयको सहकार्यमा माधवपुर खेलकुद विकाश समितिकाे आयोजनामा हुन लागेकाे हाे ।
प्रतियोगितामा १२ समूहकाे सहभागिता रहने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र भोलि बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियले उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे हाे । समितिका अध्यक्ष गणेश तामाङले बताए ।
खेलको माध्यमबाट आत्मीयता , एकता र भाइचाराको संदेश दिदै खेलाडीमा उत्साह जगाउन प्रतियोगिता आयोजना गरिएको संयोजक भिमराज वाइवाले बताए ।
प्रतियोगितामा राष्टिय टिमको समेत सहभागिता रहने समितिका अध्यक्ष गणेश तामाङले बताए ।
सेन्टर कलेजले प्रायोजन रहेको साे प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११हजार १ सय ११, दितीय पुरस्कार ५५हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी,गोल किपर , सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने संयोजक वाइवाले जानकारी दिए ।
प्रतियोगितामा करिव ७ लाख ५० हजार खर्च हुने आयोजकाे अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1