२०८० माघ १७, बुधबार

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन् । उहाँको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

स्वर्गीय पण्डित प्रति भावपूर्ण श्रद्धाञ्जली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0