२०८० माघ १२,शुक्रबार

काठमाडौं । सहकारीमा जनताले बचत गरेकाे रकम नै व्यक्तिका नाममा राखेर हिनामिना गरेका छन् भन्छन् सरकारले गठन गरेकाे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल । बैंकले जस्तैगरि गैह्र सदस्यकाे रकम जम्मा लिने अनि सदस्य भन्दा बाहिर लगानी गर्ने वा अन्य प्रयाेजनमा लगानी गर्ने , कतै जग्गामा त कतै मार्टमा लगानी गरेपछि समस्यामा परेकाे उनी बताउँछन् ।

‘ करिव १५ हजार सहकारीले बैँकले जस्तैगरि गैर सदस्यकाे बचत सँकलन गर्ने गरेकाे पाईएकाे छ । ती मध्य ४ सय सहकारीमा समस्य देखिएकाे छ ।’ भन्छन् अध्यक्ष दाहाल। धेरै जसाे सहर केन्द्रीत सहकारीहरुले जनताकाे बचतकाे दुरुपयोग गरेकाे पाईएकाे सहकारी व्यवस्थापन समितिले जनाएको छ।

सहकारी विभागले उपलब्ध गराएकाे तथ्यांक अनुसार नेपालमा ३१ हजारकाे हाराहारीमा सहकारी दर्ता भएका छन्।करिव ७२ लाख मानिसहरु सहकारीमा सँलग्न रहेकाेमा करिव १५ लाख मानिसहरु पीडित रहेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी पीडित केन्द्रीय सँघर्ष समितिका सँयाेजक लाेकन्द्र लम्साल बताउँछन् ।

नेपालमा दर्ता भएका मध्य केवल १ सय ४५ सहकारी मात्रै सङ्घकाे अधिकार क्षेत्रमा रहेका छन् भने ८० प्रतिशत सहकारी स्थानीय सरकार अन्तर्गत पर्दछन्। १९ प्रतिशत सहकारीलाई भने प्रदेशले नियमन क्षेत्र पर्दछन् ।

नेपालमा ३१ हजार ३७३ सहकारी दर्ता भएका छन् । करिव ५ सय सहकारी सँकटग्रस्त भएपनि सरकारले भने १५ वटा सहकारीलाई मात्रै सङ्कग्रस्तकाे सूचिमा राखेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0