२०८० माघ १२,शुक्रबार
चितवन । भरतपुर चितवन स्थित मनकामना अस्पतालले ‘स्वस्थ वीमा कार्यक्रम ‘ पून: सुचारु गरेकाे छ। नेपाल सरकारकाे स्वस्थ्य वीमा कार्यक्रम अन्तर्गत स्वस्थ विमा गरेका विमितहरुकाे उपचार सेवा सुचारु गरिएको मनकामना अस्पतालका कार्यकारी प्रमुख दिलिप घिमिरेले बताउनुभयो ।
( दिलिप घिमिरे – कार्यकारी प्रमुख , मनकामना अस्पताल )
नेपाल सरकारले स्वस्थ्य वीमा नीतिले ताेकेकाे उपचार तथा सेवा उपलब्ध हुनुका साथै सर्वसुलभ मूल्यमा विषय विज्ञद्वारा २४ सै घण्टा इमर्जेन्सी सेवा , सिटिस्क्यान सेवा सेवाका साथै स्वच्छ र विरामी मैत्री वातावरणमा बालक देखि बृद्धसम्म सबैलाई विशेषज्ञ द्वारा मनकामना अस्पतालमा स्वस्थ सेवा तथा परामर्श सेवा उपलब्ध भएकाे समेत प्रमुख घिमिरेले बताउनुभयो ।
एयरपोर्ट अगाडि भरतपुर स्थित मनकामना अस्पतालले विगत लामाे समय देखि विशेषज्ञ सहितका महत्त्वपूर्ण स्वास्थ सेवा उपलब्ध गराईरहेकाे जनाएको छ।