२०८० माघ ११, बिहिवार

काठमाडौं । आज माघ ११ मा सम्पन्न राष्ट्रिय सभाकाे रिक्तहुने पदका लागि भएकाे निर्वाचन परिणाम पछि नेकपा माओवादी केन्द्र राष्ट्रिय सभाकाे सबैभन्दा ठूलाे दल बनेको छ ।

मनाेनीत हुने बाहेकका १९ सिटमा भएकाे निर्वाचनमा गठबन्धन गरेका नेपाली काङ्ग्रेस ,माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी १८ जना उम्मेदवार विजयी भएका छन् भने काेसी प्रदेशमा भने एमालेका उम्मेदवार रुकमिणी काेइराला विजयी भएकीछन् ।गठवन्धनकाे तर्फबाट माओवादीकी उम्मेदवार चम्पा कार्की भने पराजित भएकीछन् ।

गठवन्धन कै मतदाताले एमालेकी काेइरालालाई मत दिएपछि परिणाम उल्टिएकाे हाे । एक साँसद गुमाए पनि फागुन २१ पछि नेकपा माओवादी केन्द्र राष्ट्रिय सभाकाे सबैभन्दा ठूलाे दल हुनेछ भने काङ्ग्रेस दाेश्राे र एमाले तेश्राे हुनेभएको छ।

आज सम्पन्न निर्वाचनमा नेपाली काङ्ग्रेसका १०, एकीकृत समाजवादीका २, जनता समाजवादीका १ , माओवादी केन्द्रका ५ र एमालेका १ जना निर्वाचित भएका छन् । हाल अध्यक्ष सहित १८ साँसद रहेकाे एमाले १० सिटमा रहने छ भने फागुनबाट ४ जना साँसदकाे समय सकिएपनि थपिएका १० जना सहित उसकाे १६ साँसद हुनेछन् भने एकिकृत समाजवादीकाे ८ सिट रहने छ ।

प्रथम भएकाे माओवादी केन्द्रकाे भने ३ जनाकाे पदावधि सकिएपनि थपिएका ५ जनाका कारण उसकाे १८ साँसद हुने हुनाले राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलाे दलकाे रुपमा प्रस्तुति हुँदैछ ।

रास्ट्रपतिले मनाेनित गरेका साँसद बामदेव गाैतमले भने एमाले छाेडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0